भारतमा कोरोनाको तेस्रो लहर निश्चित : वैज्ञानिक

एजेन्सी  । भारतमा कोरोना महामारीको तेस्रो लहर चल्ने निश्चित रहेको त्यहाँका वैज्ञानिकहरूले बताएका छन्। सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार वैज्ञानिक विजय राघवनले नै यस्तो प्रक्षेपण गरेका हुन्।

यतिखेर कोरोना भाइरसको फैलावट विश्लेषण गर्दा अब भारत महामारीको तेस्रो लहरमा लपेटिने निश्चित भएको उनले बताएका छन्।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन क्रममा राघवनले भनेका छन्‌, ‘तेस्रो लहर आउने मिति नै त हामीलाई थाहा छैन, तर अब कोरोना प्रोटोकल निरन्तर पालना गर्दै महामारीको तेस्रो लहरसँग जुध्न तयार भएर बस्नुपर्छ।’

भाइरसको नयाँ म्यूटेन्टसँग मुकाविला गर्न अब कोरोना भ्याक्सिन पनि अद्यावधिक हुन जरुरी रहेको उनले बताएका छन्। मानिसहरूले अपनाएको सावधानीले पनि उत्परिवर्तन भाइरस संक्रमण फैलावट रोक्न नसकिएको राघवनले उल्लेख गरेका छन्।

चिनियाँ भ्याक्सिन सुरक्षित, प्रभावकारी र गुणवत्ता :

भारतमा कोरोनाको तेस्रो लहर निश्चित : वैज्ञानिक

चीनबाट पहिलो चरणमा ४०० खाली अक्सिजनको खाली

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds