मुम्बई । सुपरस्टार प्रभास अभिनित फिल्म ‘आदीपुरुष’ बहुप्रतिक्षित फिल्म मध्येको एक हो । फिल्मको बिषयमा अहिले नयाँ खबर बाहिर आएको छ ।
खबरका अनुसार यो फिल्म भिएफएकसको मावलामा प्रभासको यस अगाडिको सुपरहिट फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’का रेकर्ड तोड्ने छ ।
एमएस राजमौलीको निर्देशन रहेको फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’मा २५०० भिजुअल इफेक्ट्स समेटिएको थियो । धेरै भिएफएक्स भएको बलिउडको यो पहिलो फिल्म पनि हो ।
‘आदीपुरुष’मा भने त्यो भन्दा पनि बढी ८००० भिएफएक्स समेटिएको समाचार बाहिर आएको छ । जो बाहुबलीको तुलनामा तीन गुण भन्दा पनि बढी हो ।
निर्माण युनिट कोभिड १९ को कहर सामान्य भएपछि फिल्म युनिट गर्ने तयारीमा छ । फिल्मको रिलिज अगष्ट २०२२ मा हुन सक्नेछ ।
युग संवाददाता । । ३१ जेष्ठ २०७८, सोमबार १८:१५