बाफिकोटको बुरालमस्ट मन्दिरमा चोरि

रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ५ स्थित बुरालमष्ट मन्दिरमा चोरि भएको छ । जेठ २३ गते मध्यरातमा चोरी भएको बुढूमष्ट क्षेत्र विकास कोष बाँफीकोट ५ रुकुम पश्चिमले  नाएको छ ।  मन्दिरको उत्तरतर्फ रहेको फलामे ढोकाको ग्रिल कब्जा तोडेर भित्र पसी मन्दिरमा रहेको नगद रुपैँया, सुनचाँदीलगायतका सामानहरु चोरी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमले जनाएको छ ।

दैनिकी रुपमा साँझ र बिहान धूपबत्ती पाठपूजा गर्ने र मन्दिरमा बिहान धूपबत्ती बाल्न आउने पुजारीले चोरी भएको देखेका थिए । चोरि भए लगतै मन्दिर ब्यबस्थापन समितिले प्रहरीलाई खबर गरेका थिय । स्थानीय जनप्रतिनिधि तथा अन्य व्यक्तित्वहरुको रोहबरमा आएको प्रहरी टोलीले उक्त घटनाको छानबिन सुरुवात गरेको छ ।

छानबिनको क्रममा मन्दिरमा रहेको काठको दराज फोडेर भित्र राखिएका र मन्दिर गादीमा नजिक राखिएका ३ लाख ५ सय चालिसनगद रुपैँया, २ तोला सुन, ४ तोला चाँदी, १ पाथी रु. १, २ र ५ का अन्दाजी ५ पाँचहजार रुपैँया बराबरका नेपाली सिक्का, विभिन्न देशका ६५ पिस विदेशी मुद्रा चोरी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पशिम सुचना अधिकारि तथा प्रहरी निरीक्षक कपिल शाहीले जानकारि दिए ।

मन्दिर राति चोरि भएको र कस्ले चोरेको हो भन्ने अझ खुल्न नसकेको प्रहरीको भनाई छ । चोरि फरार भएका अभियुक्तलाई पक्राउ गरि कानुन बमोजिम सजाय दिन मन्दिर ब्यबस्थापन समितीले प्रहरीलाई अनुरोत समेत गरेको छ | रुकुम पशिमको डीग्रेमन्दिर पछिको दोस्रो मन्दिरको रुपमा बुरालमस्ट मन्दिरलाई लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया