जनकल्याण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान, ४३ पिन्ट रगत संकलन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको २६ औँ स्थापना दिवस (जेठ २८) को अवसरमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थाले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत हरेक बर्ष स्थापना दिवसको अवसरमा रक्तदान, सरसफाई, स्वास्थ्य शिविर तथा विभिन्न सम्मानका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

हाल सुर्खेत जिल्लामा कोभिड १९ का कारण निषेधाज्ञा जारी रहेको र अस्पतालहरुमा रगतको अभाव भैरहेको छ । यस विषम परिस्थितिमा समेत रक्तदानको कार्यक्रम राखि रगतको आपुर्ती सहज बनाउन सहयोग गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा भैरवस्थानका सभापति कृष्णप्रसाद गौतमले संस्था परिवारलाई धन्यवाद दिए ।

रक्तदान कार्यक्रम भौतिक दुरी कायम गरि स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको प्रयोग गर्दै संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको छ । रक्तदान कार्यक्रमबाट जम्मा ४३ पिन्ट रगत संकलन भएको छ । संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी उपशाखा भैरवस्थान मार्फत जिल्ला रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा भैरवस्थानको प्राविधिक सहयोग तथा वी.न.न.पा. १ नं. वडा कार्यालय र बजार व्यवस्थापन समिति बाङ्गेसिमलको समन्वयमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया