वेटर हुँदै दोहोरी गायिका बनेकी गीता

घरायसी आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नका लागि भनेर उनले विद्यालयमा पाइला पनि टेकिनन्। एक दाइकी बहिनी र एक भाइकी दिदि गुल्मीकी गीता केसी १७ वर्षको उमेरमा पैसा कमाउने सपनामा अर्काको घरमा काम गर्न थालिन् ।

आर्थिक अवस्था कमजोर भएकाले पढाईभन्दा पनि उनले कामलाई प्राथमिकता दिइन्। अर्काको घरमा काम गर्दागर्दै एकजना बहिनीले दोहोरीमा वेटरको काम गर्न सुझाव दिइन् । आफूले पनि दोहोरीमा वेटरको काम गरेको, पैसा पनि कमाइने र काम पनि पाइने भनेपछि गीतालाई पनि दोहोरीमा काम गर्ने रहर लाग्यो। अनि बहिनीसँग तुरुन्त सहमति जनाइन् र बुटवलस्थित एक दोहोरीमा वेटरको काम गर्न थालिन् ।

वेटरमा डेढ वर्षजति काम गर्दा अरू गायिक-गायिकाले दोहोरी गाएको देख्दा अब वेटर होइन गायिका पो बन्नुपर्‍यो भन्ने उनमा सोच आयो। उनलाई आफूले नपढेकोमा नरमाइलो लाग्यो तर पनि उनले जसरी पनि गाएरै छाड्छु भन्‍ने अठोट लिइन् ।

सानैमा टेलिभिजनमा गायक गायिकाले गीत गाएको देखेको अनि रेडियोमा सुनेको केही गीत त उनलाई याद पनि थियो। सोचिन्, ‘लोकगीत गाउन त सकिहाल्छु नि। के गाह्रो होला र?’ अनि आफू अब वेटर मात्र भएर बस्ने होइन कि गाउन पनि सक्छु भनेर उनले त्यहाँ भनिन्। तर, वेटर काम गरेकालाई गीत गाउने स्थान सञ्‍चालकले दिएनन् ।

तपाईको प्रतिक्रिया