सुर्खेतसहित आसपासका जिल्लामा चार घण्टा वर्षा हुने संकेत

सुर्खेत । सुर्खेतसहित आसपासका क्षेत्रमा आउने चार घण्टा वर्षा हुने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरकाअनुसार पश्चिमी वायु सुदूरपश्चिमबाट कर्णाली प्रदेशको सीमाहुँदै सुर्खेततर्फ बढीरहेकाले वर्षा हुने प्रक्षेपण गरिएको हो ।

हावाहुरीसहित वर्षा र चट्याङर गराउने वायु संक्रिय भइरहेको कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

उनले कर्णालीका केही क्षेत्रमा असिना पनि पर्ने सम्भावना रहेको जनाए । आउने चार घण्टासम्म यो प्रणाली सक्रिय रहने भएकोले सजकता अपनाउन पराजुलीले आम नागरिकहरुलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया