नेपाल सुपर लिग : ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी

नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् ।

ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन्। जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ। बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ। बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ ।

ललितपुरका लागि खेलको छैटौँ मिनेटमा विदेशी नुर्लान नोभु्रजुभ जाहिदले निर्णायक गोल गरे। खेलको २२औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो। पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो। खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो। खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन।

तपाईको प्रतिक्रिया