ला लिगा : बार्सिलोनाले भ्यालेन्सियालाई हरायो, मेसीले गरे दुई गोल

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने एन्टोनी ग्रीजम्यानले एक गोल गरे। त्यस्तै भ्यालेन्सियाको लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले उपाधिको दाबेदारको रुपमा कायमै राखेको छ। बार्सिलोनाको ३४ खेलपछि ७४ अंक भएको छ भने अंक तालिकामा रियल म्याड्रिडसँग बराबरी गर्दै तेस्रो स्थानमा रहेको छ। त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको ३४ खेलमा ७६ अंक छ।​ भ्यालेन्सियाको भने ३४ खेलपछि ३६ अंक मात्र रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ ।

गएराति नै भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई एक शून्यले हराएको छ भने कार्डिजसँग गेटाफे एक शून्यले पराजित भयो। यस्तै रियल बेटिस र रियल भालाडोलिडले १-१ को बराबरी खेले।

तपाईको प्रतिक्रिया