बाँकेमा १४ महिने बालक र १११ वर्षीया वृद्धासहित ३०५ जनाले जिते कोरोना

बाँके : कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको बाँकेमा संक्रमित निको हुनेको संख्या पनि बढिरहेको छ। आइतबार (आज) जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ३०५ जना डिस्चार्ज भएका छन् ।

कोरोना जितेर घर फर्किनेहरूमा नेपालगन्ज उपहानगरपालिकाका १४ महिने बालकसहित १४२ जना महिला र १६३ जना पुरुष गरी ३०५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

यस्तै हिजो शनिबार २५० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए। शनिबार कोरोना जित्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ की १११ वर्षीया महिलासहित २ सय ५० थिए।

बाँकेमा अधिकांश संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन्। कोरोना संक्रमण भए स्वास्थकर्मीको सल्लाहबमोजिम सावधानीपूर्वक खानपिनमा ध्यान दिए सजिलै कोरोना जित्न सकिने चिकित्सकहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया