सम्धिको कुटपिटबाट सम्धिकै मृत्यु

सल्यान : सल्यानमा कुटपिटबाट घाइते एक जनाको मुत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका- ३ धुलखर्कका ६२ वर्षीय नर बहादुर रोकाहको शुक्रबार राति नेपालगञ्जमा उपचारको क्रममा मुत्यु भएको हो ।

साेही ठाउँका सम्धि नाता पर्ने धन बहादुर खत्री र उनका छोरा रमेश खत्रीले गत वैशाख १३ गते घरमा आएका रोकाहलाई कुटपिट गरी घाइते बनाएका थिए ।

धन बहादुरको दुई वटा श्रीमती रहेको र कान्छी श्रीमतीको घर गएका रोकाहलाई बाबुछोरा मिलेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

कुटपिट गरी हत्या आरोप लागेका बाबुछोरालाई इलाका प्रहरी कार्यालय थारमारेले नियन्त्रणमा लिई अनुसन्धान थालेकाे उनले बताए । कुटपिटकाे कारण भने नखुलेकाे प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया