माधव नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा समस्या आए पछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन । गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए । उनको उपचारमा संलग्न डा शन्तकुमार दासका अनुसार भाइरस ज्वरो खोकि सहित शरिरमा सोडियमको मात्रा कम भएपछि भर्ना गरेर उपचार गरिएको र एक हप्ता घरमै आराम गर्ने शर्तसहित विहान साढे १० बजे भर्खरै डिस्चार्ज गरिएको बताए ।

भाइरल ज्वरो खोकी र सोडियमको मात्रा कम भएको भर हामीले केही दिन अस्पतालमा नै राखेर उपचार गरेर आज डिस्चार्ज गरिएको छ, एक हप्ता जति सार्वजनिक कार्यक्रम मिटिङ हरुमा सहभागी नभइ घरमा नै आराम गर्ने सुझाव दिएका छौँ ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीलगायत समस्या देखिएको थियो। उनलाई कोरोना परीक्षण गरे पनि नेगेटिभ आएको थियो। अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास नेतृत्वको टोलीले उपचार गरेका थिए।

फोहोर व्यवस्थापनमा फड्का

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

बेहुली बन्दै सुप्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *