प्रचण्ड खत्री
रुकुम पश्चिम । रुकुम पश्चिममा र पुर्व एउटै जिल्ला थियो । त्यस बेला रुकुमलाई ५२ पोखरी ५३ टाकुरी भनेको जिल्ला भनेर चिन्निन्छ । त्यस बेला रुकुममा राजाहरुको वास हुने बेलामा नाम राखेको पुराना बुढापाखाको भनाई छ ।
लुम्बिनी प्रदेश हिमाली जिल्ला तथा नेपालकै कान्छो जिल्लाको रुपमा रूकुम पुर्बलाई चिनिन्छ । रुकुम पूर्वमा यहाँ पहिचान भएका र हाल भईरहेको बिभिन्न हिमशिखर, हिमपात, दुर्लभ एवम लोपोन्मुख बन्यजन्तु, ढालयुक्त बिशाल बुकिपाटन रहेका छन ।
कान्छो जिल्ला रुकुम पूर्वको प्राकृतिक सौन्दर्यको खानी हो । जिल्लाको उत्तरी भेगमा बिबिध मनमोहक हिमालहरु छन । कान्छो जिल्लामा अबस्तित हिमालको आआफ्नै परिचय छ । हिमालको परिचयको बारेमा पत्रकार प्रचण्ड खत्रीले तयार पारेको गतिबिधि निम्न छ ।
पुथा हिमाल
यो हिमाल रुकुमपूर्वको लागि बिबाद रहित उचाईको हिमाल हो ्र यो हिमालको उचाई ७,२४६ मिटर छ । यो २८ डिग्री ४४ मिनेट ५२ सेकेन्ड उत्तरी एक्षांश र ८३ डिग्री ओ८ मिनेट ५३ सेकेन्ड पुर्बी देशान्तरमा पर्दछ । यहाँसम्म पुग्न पर्यटकीय गाउ मैकोटदेखि नयाँबन बेसक्याप्पसम्म करिब ३ दिन पैतल हिड्नुपर्दछ ।
यो हिमाल कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र रुकुम पूर्वको सिमाक्षेत्रमा पर्दछ । बन्यजन्तु सिकारका लागि ख्याती कमाएको ढोरपाटन बन्यजन्तु आरक्षको दोगारी ब्लकमा पर्ने यो क्षेत्र नाउर, हिमाली कालो भालु, हिमचितुवा लगायत हिमाली जन्तुको बासस्थानको रुपमा चिनिन्छ ।
विस्वकै प्राकृतिक रुपले दुर्लभ आर्थिक रुपले बहुमुल्य जडीबुटी उपमा पाएको क्षेत्र पुपाल लेक यसैको पशिमी काखमा रहेको छ । स्थानीय मगर खाम भाषाबाटै पुथा हिमालको नामाकरण गरिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउपालिका यसै हिमालको नामबाट नामाकरण गरिएको हो । आजसम्म यस हिमालमा कसैले पनि आरोहन गर्न सकेका छैनन ।
दोगारी हिमाल
दोगारी हिमाल ६,५३६ मिटरको उचाईमा अबस्थित छ । यो २८ डिग्री ४६ मिनेट ०० सेकेन्डमा उत्तरी आक्षाँश र ८३ डिग्री ०६ मिनेट ०१ सेकेन्ड पुर्बी देशान्तरमा पर्दछ ।
मैकोट गाउबाट यसको बेसक्याम्प पुग्न साढे २ दिन पैतल हिद्नुपर्दछ । दोगारी हिमालको आसपास लेकाली क्षेत्रलाई दोरपाटन बन्यजन्तु आरक्ष नाउर र झारल शिकारका लागि दोगारी ब्लक नामको आरक्षीट क्षेत्र छुट्याइएको छ ।
साम्जाङ हिमाल
साम्जाङ हिमाल ५,६२४ मिटर उचाईमा अबस्थित छ । यो हिमाल २८ डिग्री ४७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८३ डिग्री ०४ मिनेट ४५ सेकेन्ड पुर्बी देशान्तरमा पर्दछ । यहासम्म पुग्न मैकोट गाउदेखि बेसक्याम्प सम्ममा पुग्न साढे २ दिन हिद्नुपर्दछ ।
हिमाल विज्ञ तथा माउन्टेन गाईड मनबहादुर खत्रीका अनुसार साम्जाङ हिमालको चुचुरोबाट आरोहण भएको खण्डमा यसबाट गजबको पानारोमीक भ्यु देख्न सकिने अनुमान छ ।
सिस्ने हिमाल
रुकुमपुर्ब र रुकुम पशिम २ जिल्लाको सिमानामा सिस्ने हिमाल रहेको छ । सिस्ने हिमाल सिस्ने गाउपालिकामा रहेकाले गाउपालिकाको नाम पनि यहि हिमालको नामबाट राखिएको हो । जसको सिस्ने हिमालको उचाई ५,८५४ मिटर उचाई छ ।
माउन्टेन गाईड तथा पर्यटन व्यबासाही मनबहादुर खत्रीको कमान्डरमा ८ जना स्वदेशि तथा बिदेसी आरोहीको टोलीले सिस्ने हिमालको २०७० जेठ १२ गत्तेका दिन सफल आरोहँण गरेका थिए ।
सिस्ने हिमालको २८ डिग्री ५० मिनेट २३ सेकेन्ड उत्तरी आक्षाश र ८२ डिग्री ३७ मिनेट ३६ सेकेन्ड पुर्बी देशान्तरमा पर्दछ । सिस्ने गाउहुदै यसको बेसक्याप्पसम्म पुग्न करिब २ दिन बाटो तय गर्नुपर्दछ ।
ङिम्कुँ हिमाल
ङिम्कुँ हिमालको उचाई ८,८३३ मिटर रहेको छ । यो डिग्री ४६ मिनेट ४६ सेकेन्ड उत्तरी अक्षाशं र ८३ डिग्री ०४ मिनेट ०६ सेकेन्ड पुर्बी देशान्तरमा पर्दछ ्र यहाँसम्म पुग्न मैकोट गाउदेखि दुईदिनको पैतलयात्रा तय गर्नुपर्दछ ।
मुस्ताङदेखि सुरु भएर रुकुम पशिमको गोतामकोटमा अन्तहुने ट्राल्स हिमालय धौलागिरि ट्रेडको सबैभन्दा अग्लो र पदयात्राको क्रममा छिचोल्न मुस्किल लाग्ने छेरा यसै हिमालको फेदीमा पर्दछ ।
कुनै काल खण्डमा हिमाली कालु भालु लुकेर बस्ने भनिएको गुफाको शिर हुदै यो हिमाल उठेकाले ङिम्कुं हिमाल भनिएको हो । स्थानीय मगर खाम भाषामा ङिम भनेको हिमाली कालो भालु र कु भनेको गुफ्फा हो ।
यी हिमालहरुलाई रुकुम पुर्वका तीननै स्थानीय तह, जिल्ला समन्य समिति र बिभिन्न संघसंथा संरक्षण गर्ने हो भने पर्यटन बिकासमा बृदी हुने सम्भाबना देखिन्छ । यसले गर्दा स्थानीय तहलाई फाईदा हुने सम्भाबना देखिन्छ ।
युग संवाददाता । । १० बैशाख २०७८, शुक्रबार १७:२७