जसले शिक्षक बन्न बाल्यकालको रहर पुुरा गरे

मानिसका धेरै सपना हुन्छन् । कतिपय देखेर र कतिपय सुनेर पनि सपनाहरु बुनिन्छन् । यही क्रममा गन्तव्य पहिल्याउन कयौं अन्यौंलता उत्पन्न हुन्छ । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ दोबाटोमा जन्मिएका खगेन्द्र खत्री सानैदेखि शिक्षक बन्ने लक्ष्य लिए । पढेर ठुलो मानिस हुने सपना बुने । त्यही लक्ष्यअनुसार उनको प्राथामीकताको पेशा शिक्षण पेशामा लागे । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै खत्रीसँग कुराकानीको सम्पादित अंशः

खगेन्द्र खत्री शिक्षक, मालिका मावि, गुराँस, दैलेख

 

 

सानैदेखी मेहनती

खगेन्द्र परिवारका जेठा छोरा हुन् । बुवा मैने र आमा नामकला खत्रीबाट २०४२ सालमा खगेन्द्रको जन्म भएको हो । उनी दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ दोबाटोमा जन्मिएका हुन् । उनले मालिका प्राथमिक विद्यालय मकुट्कमा ५ कक्षासम्म अध्ययन गरे ।

कक्षा ६ देखि ८ सम्म भैरव मावि अवलचिङ, कक्षा ९ देखि जयजनता मावि जोरेबाँझमा अध्ययन गरे । तत्कालीन माओवादीले गरेको सशस्त्र विद्रोहका कारण केही समय पढाइ रोकियो । द्वन्द्धको त्रासका कारण पढाइ छोडेर उनी भारत गए । २०६० सालमा पुनः पढाइलाई निरन्तरता दिए । २०६१ सालमा जयजनता माविबाट एसएलसी उत्तिर्ण गरे ।

शिक्षक हुने रहरले उनले उच्च शिक्षा अध्ययन गरे । उच्च शिक्षा अध्ययन गर्न सुर्खेतको वीरेन्द्रनगर झरे । २०६४ सालमा वीरेन्द्रनगरको जन माविबाट प्लसटुको पढाइ पुरा गरे । उनले सानैदेखि पढाइलाई पहिलो प्राथमिकतामा राखे । तर पढ्न भने ठूलो संघर्ष गर्नुप¥यो । घरबाट विद्यालय पुग्न झण्डै दुई घण्टा हिँड्नुपथ्र्याे । छोराछोरीलाई पढाइ र सरकारी जागिर खाएको हेर्ने बुवाआमाको इच्छा थियो ।

पढ्दै पढाउँदै

खगेन्द्र कृषक परिवारमा जन्मिए । गाउँमा सामान्य खेतिपाती गरेर उच्च शिक्षा पढ्न सहज थिएन । प्लसटु अध्ययन गर्दा सुर्खेतमा बसेर अध्ययन गर्नसमेत हम्मेहम्मे भयो । जेनतेन प्लसटु पास गरे । आयस्रोत नभएका कारण प्लसटुपछि भने पढाइ खर्च जुटाउने विकल्प खोजे ।

२०६८ सालदेखि सुर्खेतको ब्राइटल्याण्ड विद्यालयमा पढाउन थाले । पढाउँदै उच्च शिक्षा पुरा पुरा गरे । नीजि विद्यालयको सामान्य तलवले खर्च   टारे । २०७२ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर पुरा गरे । तयसपछि गुराँस गाउँपालिका ४ मा रहेको लक्ष्मी मावि रतिखोलामा शिक्षण गर्ने अवसर आयो ।

अहिले सानोमा पढेको विद्यालय अर्थात मालिका मावि मकुट्कमा अध्यापन गराउँदै आएका छन् । लामो समय शिक्षण पेशामा संलग्न उनको भावी योजना भने राजनीति गर्नेछ । राजनीतिबाट समाज सेवा गर्ने उनको आगामी योजना छ ।

बाल्यकाल

खत्री दैलेख गुराँस गाउँपालिका एउटा गाउँमा जन्मिए । उनले घरको घाँस, दाउरा काट्दै पढाइलाई निरन्तरता दिए । घरको आर्थिक अवस्था मध्यम खालको थियो । उनको बुवा कृषि गर्दथे ।

उनी दुई घण्टाको बाटो हिँडेर पढ्न जान्थे । साझ र बिहान घरको सबै काम गर्न पनि भ्याउँथे । बाल्यकालदेखि नै उनी अरुभन्दा फरक स्वभावका थिए । गम्भिर र सोझो स्ववभावका उनि राजनिती क्षेत्रमा रुची राख्थे ।

परिवारको साथ

खत्री घरको जेठो छोरा हुन् । उनका पाँच भाइबहिनीहरु थिए । सबैले पढाइलाई मेहनत गर्नुपर्छ भन्ने गर्थे । त्यसको कारण उनको बुवा थिए । बुवाले पढाइलाई पहिलो प्रथमिकता दिनुपर्छ भनेर भन्ने गर्थे ।

उनको आमाले पनि पढाइलाई नै चासो दिने गर्थिन् । सबै छोराछोरीलाई राम्रो शिक्षासँगै ठुलो मानिस बनाउने बुवाआमाको इच्छा थियो । बुवा आमाको साथ सहयोगले उनी अहिले यो स्थानमा आएका हुन् ।

जीवनमा संघर्ष

उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । उनको गाउँबाट पढ्न जान र आउन दुई घण्टा हिँड्नुपथ्र्यो । आर्थिक अवस्था पनि खासै राम्रो थिएन । घरको कामसँगै पढाइ खर्च जुटाउन बुवालाई समस्या थियो ।

उनले जीवनमा धेरै संघर्ष गर्दै पढे । अहिले माविको शिक्षक बने ।उनले जीवनलाई संघर्षमय बनाउन सके मात्र सफल हुन सकिने बताउछन् । संघर्षले नै मानिसलाई सफलतामा लैजाने उनको भनाइ छ । अरुलाई पनि संघर्ष गर्न सुझाव दिन्छन् ।

भावी योजना

करिव १३ वर्ष शिक्षण पेशामा कार्यरत उनी अहिले पनि त्यही पेशामा छन् । उनको भावी योजना भनेको राजनिती गर्ने हो । उनले राजनीतिक क्षेत्रबाट समाज सेवा गर्न चाहेका छन् । अहिले पनि उनी राजनितिक विश्लेषण र सामाजिक कार्यमा रुचि राख्छन् ।

राजनीतिले समाज र देशलाई नै नेतृत्व गर्ने भएकाले पनि राजनीतिमा सहभागिता हुनुपर्ने सोच उनले बनाएका छन् । राजनीति र नेतृत्व सही भएमा मात्र समाजको रुपान्तरण हुने र समृद्धको यात्रा अगाडि बढ्ने उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया