थारु साहित्य सम्मेलन हुँदै

सुर्खेत ।  सुर्खेतमा पहिलो पटक थारु साहित्य सम्मेलन हुने भएको छ । आउँदो २१ र २२ गते पाँचौं थारु राष्ट्रिय साहित्य सम्मेलन हुन लागेको हो ।

थारु कल्याणकारिणी सभा सुर्खेतले आयोजना गर्न लागेको सम्मेलनमा देशभरबाट करिव दुईसय प्रतिनिधिहरु सहभागी हुने पाँचौँ राष्ट्रिय साहित्य सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक मानबहादुर चौधरी ‘पन्ना’ले जानकारी दिए ।

थारु भाषा तथा साहित्यको विकास र संरक्षण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा थारु साहित्यको समकालीन अवस्था, अन्तरसम्वाद, थारु बालसाहित्यको अवस्था, थारु तथा गैरथारु साहित्यकारबीच अनुभव आदानप्रदान लगायतका गतिविधिहरु हुनेछन् ।

जसमध्ये ‘थारु लोक संस्कृति र दस्तावेजीकरण्’मा डा.कृष्णराज सर्वहारी, भुवन चौधरी, ‘थारु मानक भाषा लेखनशैली’ पाठ्यक्रमविद, कछुत नारायण चौधरी र लेखक भोलाराम चौधरी, ‘लकडाउनमा थारु साहित्य’ सेसनमा शेखर दहित र सोम डेमनरौरा, ‘आख्यानको ओज’मा महेशबिक्रम शाह र नयनराज पाण्डे, ‘थारु गीतको बाटो कता ?’ शीर्षकमा सुशीला चौधरी, मनमति बखरिया र राज कुश्मी र सुर्खेतमा थारु पहिचान गतिविधि, साहित्यको पत्रिकारिता’ शीर्षकमा मानबहादुर पन्नाले बहस तथा छलफल गर्नेछन् ।

सम्मेलनले ‘सुर्खेत घोषणापत्र’ जारी गर्ने छ । यसअघि नेपालले १९८४ मा दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबलको उपाधि यसै दशरथ रंगशालामा उचालेको थियो ।

तपाईको प्रतिक्रिया