जीवनज्योती सहकारीको १३ औ बार्षिक साधारणसभा सम्पन्न

सुर्खेत, २९ पुस ।

जीवनज्योती बहुउदेश्यीय सहकारी संस्था वीरेन्द्रनगर १० को १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले आर्थिक बर्ष ०७७।०७८ मा १२ करोड २४ लाख ३९ हजार बराबरको कारोबार गरेको जनाएको छ।

संस्थाले आगामी आर्थिक बर्षमा १३, करोड ३२, लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ। संस्थाले आर्थिक बर्ष ०७७।०७८ मा ९७ लाख ७६ आम्दानी गरी २२ लाख २४ हजार सुद्ध नाफा गर्न सफल भएको जनाएको छ।

संस्थाले कोरोना माहामीरीको समयमा शेयर सदस्यहरुलार्इ ब्याजमा १ लाख ७४ हजार ब्याजमा छुट दिएको जनाएको छ। संस्थाले कृषिमा उधम गर्ने सदस्यहरुका लागी सहुलियतमा ऋण उपलब्ध गराउदै कृषिमा लगानी गर्ने बताएको छ।

यस्तै कार्यक्रममा सिटिभिटि कर्णालीका सहायक प्राविधिक अधिकृत प्रेमप्रसाद बास्कोटाले संस्थालार्इ व्यवसायीक रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले सहकारीहरु राष्ट्रको खम्बाको रुपमा स्थापित हुदै गएको भन्दै अव संस्थालले बचत र ऋणकोमात्र कोरोबार नगरेर उत्पादनमा लगानी गर्नपर्नेमा जोडदिए ।

कार्यक्रममा बीरेन्द्रनगर वडा नम्बर १० का वडा अध्यक्ष रत्तबहादुर बुढाले सहकारीबाट मात्र आर्थिक समृद्धी हुने भन्दै सहकारीले क्षमता बिकास गर्ने भएकाले सहकारीको विकास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागी अन्य अतिथिहरुले संस्थाको बिकासका लागी सबै शेयर सदस्यहरु एक जुट भएर ब्यबसायमा लाग्नु पर्नेमा जोड दिएका छन।

कार्यक्रममा मनिकापुर कृषि सहकारी अध्यक्ष नारप्रसाद भट्टराई, जनमुखि कृषि तथा पशुपालन सहकारीका सचिव शेरबहादुर खड्का,राष्ट्रिय सहकारी बैकंका प्रबन्धक हिरालाल सुनार लगाएको सहभागीता रहेको थियो। यसैबीच संस्थाको बार्षिक साधारणको अबसरमा रेडियो भेरीका पत्रकार मधुवन विसीलाई सम्मान गरेको छ।

पत्रकारीताको माध्यबाट संस्थाको वितिय गतिविधिका समाचारहरु प्रकाशन तथा प्रशारण गरेको भन्दै उनलाई नगत सहित सम्मान गरिएको हो। यस्तै संस्थाले एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी तथा असल ऋणि र बचत कर्तालाई पनि पुरस्कृत तथा सम्मान गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष श्यामबहादुर वलीको अध्यक्षमतामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया