सल्यानमा काँग्रेस प्रवेश गर्नेको लर्को

दुर्गा विसी
सल्यान, १५ साउन ।
सल्यान पश्चिममा भएको नेपाली काँग्रेसको नगर कार्यसमिति भेलामा १ सय ५१ जनाले अन्य पार्टी प्रत्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । सबै भन्दा बढी पार्टी परित्याग गर्नेमा नेकपा कार्यकर्ता भएको जनाएको छ ।
सबैभन्दा बढी वडा नं. ८ बाट ७९ जना, वडा नं. ६ बाट ५६ जना, वडा नं. १ बाट ५ जना, ३ बाट ४ जना, ७ नं. वडाबाट ६ जना र ११ बाट १ जनाले पार्टी प्रवेश गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य दुर्गा खड्काले जानकारी दिनुभएको छ । अधिकांश पार्टी प्रवेशिहरुले नेकपा नेताहरुमाथी नातावाद, कृपाबाद, गुटबन्दी आफु निकट र आसेपासेको पार्टी भएको गम्भीर लान्छना लगाएका छन् । सोहि कारणले प्रवेशिहरुले पार्टी छाडेको जनाए ।
नगर भेलामा नेपाली कांग्रेस पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, महासमिति सदस्य धुर्वराज पुरी, जिल्ला समन्वय समितिका प्रमुख केशवहादुर विष्ट, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, महासमिति सदस्य एकराज डाँगी, क्षेत्रिय सभापति गोरख केसी र नविन पौडेलले धारणा राख्नु भएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि डिल्लीराज रेग्मीले अब देशमा कांग्रेस को पल्लाभारी हुने जनाउनु भयो । सबै बनगाडबासीलाई अधिनायकवादी चरित्रको एजेन्डा बोकेको पार्टी छोड्न आह्वान गरिएको छ । नगर सभापति टोपवहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन खिमलाल विकले गर्नुभएको थियोे । साथै बनगाड कुपिण्डे नगरपालिका तरुण दलको पार्टी कार्यालय उद्घाटन समेत गरिएको छ ।






