परिक्षणका लागि किबीका विरुवा वितरण

हुम्ला : हुम्ला जिल्लामा पहिलो पटक किबी खेतीका लागि परीक्षणका रुपमा बिरुवा बितरण गरिएको छ । दुई हजार चार मिटरमा किबी खेती गर्न सकिने भएपछि सिमकोट गाउँपालिकाले चालु आर्थिक बर्षको कार्यक्रमबाट किबीका बिरुवा बितरणको कार्यक्रम राखेको हो ।

गाउँपालिकाको कृषि शाखाका संयोजक नेत्रबहादुर शाहीले सिमकोट गाउँपालिकाको दुई हजार चार मिटर भन्दा तलको उचाई भएको स्थानमा पहिलो पटक किबी खेती नमूना परिक्षणका लागि बिरुवा बितरण गरिएको बताए। यस बर्ष दुई सय बोट अनुदानमा बितरण गरिएको छ। यस अघि गरिएको अध्ययनबाट सिमकोट गाउँपालिकाको तल्लो भागमा किबी खेती गर्न सकिने देखिएपछि चालु आर्थिक वर्षमा किबीका बिरुवा बितरण गरिएको हो ।

किबी खेतीका लागि हावापानी र उचाई मिल्ने भएपछि बिरुवा बितरण गरिएका हुन् । बिरुवाहरु सिमकोट, १, २, ४,५, ७ र ८ का किसानहरुलाई बितरण गरिएको छ । बिरुवा सबै अनुदानमा बितरण गरिएका हुन् । किबीका बिरुवा डेढ दर्जन किसानहरुलाई वितरण गरिएको छ ।

परिक्षणका लागि किबीका विरुवा वितरण

गिट्टी कुटेर परिवारको जीविकोपार्जन

परिक्षणका लागि किबीका विरुवा वितरण

बामदेवले भने, ‘मलाई पार्टीबाट निकाल्नुस्’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds