भारतमा कोरोना संक्रमण वृद्धिदर बढ्यो, नियन्त्रण गर्न ‘जनता कफ्यू’ लागू

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण वृद्धि हालसम्मकै उच्च भएको छ । शनिबार मध्यरातीसम्ममा ७९ नयाँ संक्रमित देखिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।
यससँगै भारतमा ३१५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जनाको ज्यान गएको छ भने २२ जना निको भएका छन् । चीनको वुहानबाट फैलिएको भाइरस संक्रमण

विश्वभर तीन लाख बढीमा पुष्टि भइसकेको छ । जसमध्ये १३ हजार बढीले ज्यान गुमाइसकेका छन् । कोरोनासँग लड्न ‘जनता कफ्यू’ कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतले आइतबार ‘जनता कफ्यू’ लागू गरेको छ।

बिहान ७ बजेदेखि सुरु भएको कफ्यू १४ घण्टासम्म जारी रहने भारतीय सञ्चार माध्यम इन्डियन एक्स्प्रेसले जनाएको छ । कफ्र्यूका कारण भारतका ठुला सहरका सडक सुनसान देखिएका छन् । मुम्बई, केरला, कोलकत्ता लगायतका सहर सुनसान भएका हुन् । कफ्र्यूपछि खालि देखिएको मुम्बईको हाजी अली सडक खण्ड ।

(एजेन्सी)

भारतमा कोरोना संक्रमण वृद्धिदर  बढ्यो, नियन्त्रण गर्न ‘जनता कफ्यू’ लागू

टी–ट्वान्टी विश्वकपमा ‘रिजर्भ डे’ राख्ने तयारी

भारतमा कोरोना संक्रमण वृद्धिदर  बढ्यो, नियन्त्रण गर्न ‘जनता कफ्यू’ लागू

बाँकेको जमुनाह नाका एक साताका लागि बन्द

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds