मनकारी रेग्मीद्वारा घरभाडा छुट

सुर्खेत (भेरीगंगा), १ भदौं ।
उन्नती सहकार्य लद्युवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जहरेलाई घरधनीले एक महिना घरभाडा छुट दिनुभएको छ । घरधनी डिल्लीराज रेग्मीले २०७७ साउन महिनाको भाडा छुट दिनुभएको हो । कोरोना भाईरसको सन्त्रासले लामो समयसम्म लकडाउन भएपछि वित्तिय संस्थाले कुनैपनि वित्तिय कारोबार गरेको थिएन । उत्त, वित्तिय संस्थालाई घरधनी रेग्मीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै एक महिनाको घरभाडा छुट दिनुभएको हो ।
संस्थाले लक्षित वर्गको पहिचान गरी एउटा गरिबले कमर्सियल बैंकको ढोकामा समेत उभिन आंट गर्न नसक्ने, आर्थिक परिचालन र सहभागिताबाट उनीहरु सदा बञ्चित रहनुपरेको छ । एउटा सामान्य काम गर्ने कर्मयोगीले कमर्सियल बैंकबाट कर्जामा पहुँच नहुनु, आर्थिक क्रिर्याकलापमा देखिएको चरम विभेद, असमानता र जून व्यक्तिसंग धितो नै छैन, जुन व्यक्ति बैंकिङ सेवाबाट बञ्चित गरिव बर्गलाई आर्थिक अवस्थामा सूधार गरी तिनिहरुको जीवनस्तरमाथी उकास्नक र उनीहरुको आर्थिक अवस्थामा सुधार गर्न उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको जन्मभएको कुरा शाखा प्रवन्धक जय बहादूर विटालुले बताउनुभयो ।






