निर्माण कार्य सुरु गरेको पाँच वर्षमा जिल्ला अदालत नयाँ भवनमा

हुम्ला, ३० असार ।
निर्माण कार्य सुरु भएको पाँच वर्षपछि जिल्ला अदालतको भवनको काम सम्पन्न भएपछि सञ्चालनमा आएको छ । नयाँ भवनको निर्माण कार्य सम्पन्न हुदा अदालतले कार्य सञ्चालनमा ल्याएको हो ।

जिल्ला अदालतका श्रेस्तादार मदनराज भट्टराईले निर्माण कम्पनीलाई निक्कै ताकेता गरेर भवनको निर्माण कार्य सम्पन्न गर्न लगाएको बताए । उनका अनुसार भवनको निर्माण कार्य सकिए लगत्तै पुरानो र साँघुरो भवनबाट नयाँ भवनमा कार्यालय सञ्चालनमा ल्याईएको हो ।
नयाँ भवनमा सरेपछि अदालतले आफ्ना दैनिक प्रशासनीक तथा न्यायिक कार्यहरु सम्पादन सुरु गरेको हो। नयाँ भवनमा कार्यालय सरे पनि कोठाको सजावट गर्न सकिएको छैन । उनले सबै कोठाका लागि सजावट गर्न साढे नौ लाख लागत लाग्ने अनुमानको बजेट सर्वोच्च अदालतलाई पत्राार गरे पनि बन्दाबन्दीले त्यसको प्रतिकृया नआएको कारण सजावट हुन नसकेको बताऐ ।
अदालतले पुराना भएकै सामानबाट काम गर्दै आएको छ । अदालत भवनको निर्माण कार्यको जिम्मा पाएको धुलिखेल मिसनपर जेभीका प्रतिनिधि ज्ञानेन्द्र रावतले २०७२ सालमा निर्माण कार्य सुरु भएको भवन बल्ल निर्माण कार्य सम्पन्न भएको बताए । बन्दाबन्दीका चिब भवनको निर्माण कार्य पुरा गरेर अदालतलाई जिम्मा लगाउने कार्य पूरा भएको छ ।
भवन ठुलो र धेरै काम सिमेन्टको भएको कारण हिमपातले छ महिना मात्र काम हुने भएको कारण भवन निर्माण गर्न ढिलो भएको कम्पनीले जनाएको छ । निर्माण ब्यबसायी रावतले त्यसैसँगै भवनका लागि आबश्यक निर्माण सामाग्री हवाई मार्गबाट ल्याउनु पर्ने भएको कारण पनि ढिलो भएको बताए ।






