सचिवालयमा कार्यरत कर्मचारीलाई तालिम

सुर्खेत, २३ मंसिर ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सरकारका सचिवालयमा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी पूर्ण तरिकाले काम गर्न सुझाव दिएका छन् । उनले कर्मचारीलाई कार्यालयमा शिष्टाचार, समय व्यवस्थापन र जिम्मेवारी पूर्ण तरिकाले काम गर्न सुझाव दिएका हुन् । कर्णाली प्रदेश सरकारका सचिवालयहरुमा कार्यरत कर्मचारीहरुका लागि शिष्टाचार र सचिवालय व्यवस्थापन सम्बन्धी तालिमको मंगलवार उद्घाटन गर्दै मन्त्री भण्डारीले कार्यालय समयमा कर्मचारीले समयको व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिए । उनले तालिम प्रश्चात सिकेका ज्ञान सिपलाई व्यवहारमा लागु गर्न समेत सुझाव दिएका छन् ।

कार्यक्रममा प्रदेश सुशासन केन्द्र कर्णाली प्रदेशका कार्यकारी निर्देशक केशव पसाद्र उपाध्यायले सचिवालयमा कार्यरत कर्मचारीहरुलाई सचिवालय व्यवस्थापन अति आवश्यक रहेको बताए । सचिवालय व्यवस्थापन र जिम्मेवारीले मन्त्रालयका कामलाई प्रभावकारी मनाउन मद्दत पुग्ने उनको भनाई छ ।

बुधवारसम्म हुने तालिमका उद्घाटन सत्रमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका टिम लिडर हाँसा मल्लले गरेकी थिइन् । दुई दिने तालिमको मुख्य प्रशिक्षक उपसचिव दिपक थापा रहेका छन् । २५ जना सहभागिता रहेको तालिमको आयोजना कर्णाली प्रदेश सरका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, प्रदेश सुशासन केन्द्रले गरेको हो ।

तपाईको प्रतिक्रिया