हावाहुरीले उडाएको भेरी निमाविको छाना अझै मर्मत भएन

दुर्गा विसी ।

सल्यान, २२ मंसिर ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निमाविको विद्यालयको छाना हावाहुरीले उडाएको झन्डै एक वर्ष हुन थालेको छ । उक्त विद्यालयको छाना मर्मतको लागि स्थानीय सरकारले कुनै पहल नगरेको विद्यालय प्रशासनको भनाइ रहेको छ । नीजि शिक्षकलाइ तलव खुवाउन हम्मेहम्मे परेको उक्त विद्यालय कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको छ ।

नीजि शिक्षकलाइ तलव खुवाउन नसके पछि विद्यालय कक्षा १ देखि कक्षा ५ सम्ममा झार्ने तयारी समेत रहेको छ । सो विद्यालय कुनै विकट वस्तिमा पनि छैन ।वालुवासँग्रिह खलंगा सडक खण्डको किनारमा पर्दछ भने आजतजावतका लागि सबैको आँखा पर्ने विद्यालय हो । तर स्थानीय तहका जनप्रतिनिधि देखि मन्त्री र संसदको नजर तेता पर्न सकेको देखिएन ।एक वर्ष देखि हावाहुरीका कारण भवनको छाना उडाएको जानकारी प्रदेश हुदै स्थानीय तहलाई फाइल पठाएको विद्यालयका प्रअ हेमराज वलिको भनाइ छ । तर मर्मतको लागि कहि कतैबाट आश्वासन समेत नपाएको उनको दुखेसो छ ।

हावाहुरीले छाना उडाए पछि कुरुप बनेको विद्यालय प्रति कसैको नजर नपुगेको अभिभावकको भनाइ छ । कोभिडका कारण ८ महिना देखि बन्द विद्यालय सुचारू भएका छन् तर त्यहा भने पढाउने कक्षा कोठा नहुदा समस्या भएको वलिको भनाइ छ । स्थानीय सरकारले समयमै मर्मत गरिदिने भने अहिलेसम्म अतोपत्तो नभएको जनाएको छ । गत फाल्गुन महिनामा हावाहुरीका कारण २ कोठे भवनको छाना उडाएको थियोे भने अर्को भवनलाइ आंशिक क्षेति पुगेको थियो।

तपाईको प्रतिक्रिया