बाबियाचौरमा वातावरणको साधारणसभा सम्पन्न

मंसिर १८, सुर्खेत ।

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८, सुर्खेतको अठारौं वार्षिक साधारणसभा अन्तर्गत एकाई नं. चार को एकाई बैठक सोमबार सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ । यसै वर्षदेखि सहकारी ऐन नियम अनुसार एकाई बैठकहरु मार्फत वार्षिक साधारणसभाहरु संचालन गर्नुपर्ने भएबमोजिम एकाई नं. चार अन्तर्गत सुर्खेतका पञ्चपुरी र वराहताल क्षेत्रमा रहेका सदस्यहरुको उपस्थितिमा आज बाबियाचौरमा वार्षिक साधारणसभाको एकाई बैठक सम्पन्न भएको संस्थाका प्रवन्धक श्यामलाल न्यौपानेले बताउनुभयो ।

संस्था संचालक समितिका सदस्य हरिमाया पुलामीको अध्यक्षतामा सम्पन्न अठारौ वार्षिक साधारणसभाको एकाई बैठकले संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले पेश गरेको संस्थाको चालु आ.व. २०७७÷०७८ को ५ अरव ९९ करोड ५४ लाख २२ हजार १ सय ८२ रुपैयाँ ३८ पैसाको संशोधित र आगामी आ.व. २०७८÷०७९ को ६ अरव ७३ करोड ९७ लाख २ हजार ८ सय १९ रुपैयाँ ३८ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको प्रवन्धक न्यौपानेले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया