देशमै अब राप्रपाको लहर चल्यो पूर्व सह महामन्त्रीः राय

दुर्गा विसि ।

सल्यान, ११ मंसिर ।

सल्यानको बनगाड कुपिण्डेमा राप्रपा र राप्रपा (संयुक्त) पार्टीले समायोजन कार्यक्रम आयोजना गरेका छन् । उक्त कार्यक्रम नेकपा र नेपाली कांग्रेस पार्टी प्रत्याग गरि २२ जनाले राप्रपा प्रवेश गरेका छन् ।

बनगाड कुपिण्डेको वडा नं ७ ढोरपिपलमा भएको कार्यक्रम पूर्व सह महामन्त्री तथा हाल केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजेन्द्र वीर रायले अब नेकपा र नेपाली कांग्रेसको देशमै अस्तित्व समाप्ति हुदै गएको धारण राख्नु भएको थियोे । तीन तहका सरकारले नेपाली जनतालाई चुष्ने काम गरेको हत्या हिंसा,वल्तकार र भष्टचार वाहेक अरु विकास केही नभएको आरोप लगाउनु भएको थियोे ।

जनप्रतिनिधिहरुको अवस्था तपाईंहरुले देखि सक्नु भएको छ । उहाँहरुको काम र विकास गर्ने परिपाटी जनताले मजैले परिक्षण गरेको औंल्याएको थियो । त्यसैले अब देशमा पुनः राजाको माग ह्वात्तै वढ्न थालेको दावि गरिएको छ ।देशका विभिन्न क्षेत्रको र्यालि पर्दैशनले त्यसको संकेत गरेको जनाएको छ ।कार्यक्रम केन्द्रीय सदस्य पुर्व उपसभापति अनुवम सिंह श्रेष्ठ नेता नेत्रलाल श्रेष्ठ,प्रदेश सदस्य वालाराम शर्मा,रत्नलाल वलि,धनवहादुर वलि,शिला बुढाथोकी, राप्रपा जिल्ला अध्यक्ष संयुक्तका चन्द्र वलि लगाएतका नेताहरुले मन्तव्य राखेका थिए ।

दुई पार्टीको एकता कार्यक्रमसँगै राप्रपा प्रवेश गर्नेहरुलाइ नेताहरूले स्वागत गरेका थिए । शिव वलिको सभापतित्वमा भएको कार्यक्रमको प्रदेश सदस्य वालाराम शर्माले सञ्चालन गर्नु भएको थियोे । खिमवहादुर पुन,चन्द्र रावत,उमलाल विक,लोगवहादुर विसि,उदय घर्ती,उमेश विक,विशाल वुढा,विनोद थापा,राम प्रसाद बुढाथोकी, फनिन्द्र शाह, खुमलाल वुढा, डिल्ली वुढा, खगेन्द्र वुढा, सन्ताष विक, रमेश विक र भुपेन्द्र वुढाले राप्रपाले ढोरपिपलमा गरेको कार्यक्रम पार्टी प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया