अध्यक्षले पाउँदैनन् बैठकमा अध्यक्षता गर्न

हुम्ला, ११ मंसिर ।

संघीयता कार्यान्वयनसँगै निर्वाचन भएर वडा तहसम्म जनप्रतिनिधिहरु निर्वाचित भएको अवस्थामा हुम्लाको एक गाउँमा तीन निर्वाचित पदाधिकारीले गाउँमा हुने बैठकको अध्यक्षता गर्न पाउँदैनन् । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीमा वर्ष दिनमा एकपटक हुने गाउँको आन्तरिक बैठकमा निर्वाचित वडा अध्यक्षले बैठकको अध्यक्षता गर्न नपाउने आन्तरिक नियम छ ।

लिमी हल्जी गाउँका स्थानीय खेण्डाप तामाङले गाउँको आन्तरिक नियम अनुसार वर्षको एकपटक हुने बैकका अध्यक्षता गाउँको अध्यक्षले गर्ने बताए । सरकारी काममा मात्र निर्वाचित वडा अध्यक्षले अध्यक्षता गर्छन् । तर गाउँको वार्षिक बैठकमा भने उनी पनि गाउँका घरधुरीका सदस्य सरह बैठकमा सहभागी हुन पाउने उनले बताए । सो बैठकका लागि गाउँले मिलेर अध्यक्ष छनौट गरिएको हुन्छ । यतिखेर गाउँले छनौट गरेका अध्यक्ष छिरिङ तुन्डुप तामाङ छन् । केही दिन अगाडि सम्पन्न गाउँको बैठक पनि उनकै अध्यक्षतामा बसेको थियो ।

वडा अध्यक्ष पाल्जोर तामाङ त घरमुलीका रुपमा उपस्थिति थिए । उक्त बैठकले गरेका निर्णय भन्दा माथि कोही पनि हुन सक्दैन । बैठकले एक वर्षका लागि गाउँलाई आवश्यक पर्ने नीति, नियम, सामाजिक रुपमा गरिने संस्कार, मनोरञ्जन कार्य सबै तय गर्ने गर्छ ।

तपाईको प्रतिक्रिया