के भष्टाचारकै लागि ल्याहो गणतन्त्र ?

घुँयत्रो

कर्नालीका मन्त्रालयाँ जति खोज्यो, त्यति भष्टाचार भेटिन्छ क्या ? भष्टाचारमा मायुर मानिने कृषि मन्त्रालयपछि अब वन मन्त्रालय हुन्छ जस्तो छ । कर्नाली प्रदेशमा आउने सचिवदेखि ह्याँका लेखा र स्टोरकिपर कति भष्टाचारी छन् भन्ने कुरा त भख्खर प्रदेश सरकार स्थापना हुँदा नै क्षेत्रिय कार्यालयका फर्निचर, कार्पेट, कम्प्युटर लगायतका अफिसियल सामानसहित गाडीलाईसमेत पुरै रिजेक्ट गरेर पुराना प्रयोग हुनै नसक्ने भनेर मन्त्रीका आँखाँ कर्मचारीले जसरी मुते, त्यहिबेला था भै सक्याथ्यो कि पर्देशका नाममा अब कर्मचारी र मन्त्रीहरूले लुटतन्त्र मच्चाउँछन् भनेर ।

नभन्दै जबजब दिन बित्दै गए अनि भष्टाचार सार्वजनिक पनि हुँदै गयो । तर पनि न त कर्मचारीले घिनमाने न मन्त्रीहरूले लाज । त्यसकै परिणतिहो कर्नालीमा सरकार विरुद्धको अविश्वास प्रस्ताव । जुन कुरा प्रस्तावकले भन्दै आएका छन् । कर्नालीका मुख्यमन्त्री सबै चिज गर्न सक्ने तर भष्टाचार घटाउन नसक्ने किन होला ? के मुख्यमन्त्रीको इच्छाशक्ति नै नभएर हो त ? कर्नालीमा भष्टाचाराँ यति विघ्न गन्हाको । हुन पनि जहाँ जसले जे कामको लागि पैसा लछ, त्यही सिध्याछ । त्यसको हिसावप्रति न कोही जिम्मेदार छ न जवाफदेही ।

अडिट गर्न आउनेहरु आँफै भष्टाचारी छन् । अनि उनीहरु के रिर्पाेट दिन्छन् । अडिट गर्न आउनेले नै यति रकम बुझाउनेछु भन्ने मौखिक तमसुक गरेर अडिट गर्ने ठाँ पुग्छ, अनि त्याँ लेखा अधिकृतदेखि स्टोर सम्हाल्नेसम्म भष्टाचारी नाता जोड्छ । अनि अडिटको औपचारिकता निभाएर त्याँट जान्छ । एवंरितले सबै सरकारी अड्डा र त्यहाँका हाकिमदेखि मन्त्रीसम्म निस्कलंकित र दुधले नुहाएर सफा हुन्छन् । तर वास्तविकता भने अर्कै हुन्छ । तर त्यो वास्तविकता मान्न प्रधानमन्त्रीदेखि महालेखा नियन्त्रक, परीक्षक, विभागीय मन्त्री सचिव, अनि त्योसँग जोडिएका सबै पानी माथिको ओभानो बन्छन् । तर बजेट गएको ठाउँमा न बाटो बन्छ, न बाख्राका खोरमा बाख्रा हुन्छन्, न भकारोमा भैंसी हुन्छ, न जमिनमा तोकिएको बाली लाग्छ ।

यी सबै बदनामहरुका साँक्षी बनेका जनता यो भएन त्यो भएन भनेर कराउँछन् । लेख्नेले लेख्छन्, विरोध जताउनेले जताउँछन् । तर फेरि अर्काे समाचार आउँछ कर्नालीको कालिकोटको नरहरिनाथ गाउँ पालिका ४ रिङ्नेमा प्रतिक्षालय बनाउन लग्या ११ लाख रुप्याँको प्रतिक्षालय यस्तो भनेर चित्रसहित समाचार आउँछ । अनि त्यो प्रतिक्षालयको फोटो हेर्याे , समाचार पढ्यो अनि पैसा दिने वन मन्त्रालयलाई गालिगर्याे । मन्त्रीको अनुहार सम्झ्यो, सचिव र त्याँको लेखा अधिकृतको अनुहार सम्झ्यो, अनि पैसा लग्ने र काम गराउनेको अनुहार कल्पना गर्याे, अनि भन्न मन लाग्छ धिक्कार छ प्रजातन्त्रले नपुगेर गणतन्त्र ल्याउने र जनतालाई समृद्ध बनाउँछु भन्ने मान्छेहरका व्यवहार देखेर ।

साँच्चै रिङ्ने ४ मा बनेको प्रतिक्षालयको फोटो कर्नालीका वन मन्त्रीले हेर ेहोलान् कि नाई ? मुख्यमन्त्रीज्युको त झन् आफ्नै जिल्लाको कुरो भो । मुख्यमन्त्री ज्यु कैयौँ पटक कालिकोटतिर पुग्या सुनिन्छ । यसो एकपटक त्यो प्रतिक्षालयाँ पुगेर धित मर्नेगरी बसेर आ सम्चार सुन्ने जिज्ञासा यो मनमा नी पलाईराछ । मुख्यमन्त्रीज्यु पैसा लगेर त्यो हरिविजोग गराउने मान्छेलाई कारबाही नगरे नी । तपाईं त्याँ पुगेर आ सम्चार पढ्ने कर्नालीबासिको इच्छ्या पूरा होला त ? प्रतीक्षामा छौँ हामी ।

वेदर्षि

तपाईको प्रतिक्रिया