एक लाख नगदसहित आठ जना जुवाडे पक्राउ

सुर्खेत, २७ कात्तिक ।

सुर्खेतमा आठ जना जुवाडेहरु पक्राउ परेका छन् । वीरेन्द्रनगर–३ तातापानीको एक होटेलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार राती एक लाख रुपैयाँ नगदसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमामा वीरेन्द्रनगर–३ तातापानीका चत्रलबहादुर शाही, जीवन शाही, तोपेन्द्र शाही, नविन शाही, बजिर शाही, गणेश शाही, कटक शाही र भीमबहादुर शाही छन् ।

उनको साथबाट एक लाख तीन हजार पाँच सय ३५ रुपैयाँ नगद र दुई गड्डी तास बरामद समेत नियन्त्रणमा लिइएको छ । होटलमा जुवा खेलिहरको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार