अधिकांश प्रतिबद्धता पूरा गरेको छु

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको वडा नम्बर २ मा विकास निर्माण र सामाजिक सुधारमा के प्रगति भइरहेको छ ? स्थानीय तहको निर्वाचन भएको पनि साढे तीन वर्ष वितेको छ । यो अवधिमा वडामा निर्वाचित जनप्रतिनिधिले नागरिकको अपेक्षा अनुसार काम गरे त ? नागरिकको अपेक्षा पूरा गर्न जनप्रतिनिधिहरु सफल भए वा कस्ता चुनौती भोगिरहेका छन् । यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बलबहादुर रोकायसँगकुराकानी गरेकी छन् । प्रस्तुत छ, रोकायसँग गरिएको कुराकानीको शारासंः

हिजोआज के गर्दै हुनुहुन्छ ?

वडामा हुने दैनिक कामकाजमा नै दिन वितिरहेको छ । सेवाग्राहीहरुलाई सेवा दिइरहेका छौं । अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ । कोरोना नियन्त्रणका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छौं । नागरिकका समस्याहरु सुन्ने र तिनको समाधान गर्ने काममा नै हामी व्यस्त छौं । यसरी नै दिनहरु वितेका छन् ।

निर्वाचित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

वडामा हामीले तीन वटा विद्यालयको भवन निमार्ण ग¥यांै । तीन वटा खोलामा कल्र्भट निमार्ण ग¥यौं । बाटोहरु पनि निमार्ण गरेका छौं । बालविवाह, महिलाहिंसा लगायतका महिला हकहितका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरेका छौं । कोरोना भाइरस नियन्त्रणका लागि वडाबासीहरुलाई सचेतना जगाउने काम पनि गरिरहेका छांै । खोली गाउँमा स्वास्थ्य क्षेत्रका लागि बालखोप केन्द्र्र र शहरी स्वास्थ्यचौकीको भवन निमार्ण गरेका छौं । उत्तरगंगा स्वास्थ्य चौकीमा प्रतिक्षालय पनि निमार्ण गरेका छौं ।

पिपलडाँडामा राम जानकीको मन्दिर स्थापना गरेका छौं । रानीघाटमा नगरको स्वामित्व हुनेगरी सुकुम्बासी र बाढीपीडितहरुका लागि सात वटा घर निमार्ण गरेका छांै । रानीघाटलाई पर्यटकीय क्षेत्र बनाउनका लागि डीपीआर निर्माणको काम सुरु भएको छ । सोहीकारण अव्यवस्थित बसोबासलाई सार्नका लागि सात वटा घर निमार्ण गरेका हांै । पर्यटन मन्त्रालयबाट ३० लाख बजेट लिएर हामीले घर निमार्ण गरेका हौं । बाल उद्यम बाङ्गेसिमल तथा ट्याम्पु पार्कको डीपीआर तयार बनाएका छौं । भुरेली खोला, निकास खोला, खहरे खोला लगायतका वडाभित्र पर्ने विभिन्न खोलामा तटबन्धन गर्ने काम गरेका छौं । संघीय बजेटबाट रिङरोड बनाउने योजना पनि छ । बाङगेसिमल हुँदै खोली गाउँसम्म रिङरोड बन्दै छ ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

बाटोको लगत कट्टा नहुँदाको चुनौती धेरै नै छ । बाटोहरु नक्साङकन नभएका कारण बाटोमा जग्गा प¥यो भनेर नागरिकहरुबाट नै अवरोध आउँछन् । जग्गा धनीहरुसँग छलफल गर्नुपर्ने हुन्छ । अर्काे चुनौती भनेको ठेकेदारहरुले समयमा काम नगर्दा समस्या भएको छ । समयमा काम नसक्दा बजेट फ्रिज हुने गर्छ ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

हाम्रो वडामा देखिएको समस्या भनेको पहिलो त सडकको स्तरोन्नती नहुँनु नै हो । म निर्वाचित हुँदा सडकहरु कालोपत्रे थिएनन् । पक्की नाला बनेका थिएनन् । हामीले सकेसम्म काम गरिरहेका छांै । हाम्रो वडाको अर्काे मुख्य समस्या भनेको बालविवाह, बहुविवाह र सचेतनाको कमी नै हो । आम नागरिकलाई बालविवाह र बहुविवाहका बारेमा सचेतना दिन र बुझाउन सकिरहेका छैनौं । हाम्रो वडामा सुकुम्बासी बस्ती धेरै छ । ऐलानी बस्ती पनि धेरै छ । उनीहरुको समस्या पनि ठुलै छ ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

बाटोका लागि भएको विवादमा हामी आफैले छलफल गरेर सहमति अनुसार नै काम गर्दै आइरहेका छौं । बाटो लगत कट्टा गर्न हामीले छलफल गरेर नगरपालिकाबाट बाटो लगत कट्टा नगरिकन जग्गा र घरको नक्सा पास नगर्न भनेका छौं । बाटोमा जग्गा परेको ठाउँमा बाटोको लगत कट्टा नगरी जग्गा विक्रिवितरण र घर बनाउन नपाइने नियम बनाएका छौं । नगरसभाबाट बाटो लगत कट्टा गर्नुपर्ने निर्णय गरेका छांै । त्यसका लागि १५ लाख बजेट पनि छुट्याएका छौं । अर्काे कुरा बालविवाह र बहुविवाह रोक्नका लागि हामीले वडामा सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छांै । किशोरी शिक्षा कक्षा दिइरहेका छौं । सचेतना दिँदा दिदै पनि अझै बालविवाह र बहुविवाह न्युनिकरण हुन सकिरहेको छैन ।

अहिलेसम्म गरेका राम्रा पाँच वटा काम बताईदिनुस् न ?

पर्यटन मन्त्रालयबाट २० लाख मन्दिर निमार्ण गरेका छौं । बाङगेसिमल खोलामा, भुरेली खोलामा, गगनपानी खोलामा कल्र्भट निमार्ण गरेका छौं । रानीघाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनका लागि नगरसभाको कार्ययोजनामा राखेका छौं । विद्यालयका भवन निमार्ण पनि गरेका छौं । विद्यालयका खेल मैदानहरुमा जाली हाल्ने काम पनि गरेका छौं । भवन वरीपरी तारवार भएका छन् । कोलडाँडा सिचाइँ योजना अन्र्तगत आठ सय ४७ मिटर पक्की नाला निमार्ण भएको छ ।

मत माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता कति पुरा भए त ?

मैले जनतासँग भोट माग्दा गरेको प्रतिवद्धता त सबै पुरा गरेको छु । एउटा पुरा भएको छैन । सुकुम्बासी बस्तीलाई लालपूर्जा दिलाउछु भनेको थिएँ, त्यो कुरा पुरा हुन बाँकी छ । लालपूर्जा दिने काम हाम्रो नभएकाले त्यो काम रोकिएको छ । तर पनि हामीले पहल गरिरहेका छौं । खानोपानीको समस्या थियो । त्यसका लागि खानेपानीको टंकी निमार्ण गरेका छौं । अहिले खानेपानीको समस्या समाधान भएको छ । बाटोहरु बनाउन बाँकी छ, पक्की नालाहरु बनाउन बाँकी छ यस्ता काम सम्पन्न गर्न अझै दश वर्ष लाग्छ । तत्काल गर्न सम्भव नि छैन । हामीले जनतासँग मत माग्दा सडक कालोपत्रे गर्छु भनेको पनि थिएन । तर पनि हामीले सक्दो काम गरेकै छौं । घोषणा पत्रमा उल्लेख भएका प्रतिवद्धताहरु त मैले पुरा गरेको छु ।

अबका योजनाहरु के के छन् नी ?

हाम्रो वडामा अझै विद्यालयका भवन थप्नु पर्ने छ त्यो काम पुरा गर्छाै । खोलाहरुमा तटबन्धन गर्नु पर्ने छ । त्यो काम पनि सम्पन्न गर्छौ । पक्की नाला बनाउछौ । बालविवाह, बहुविवाह, लागुपदार्थ न्युनिकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छौ र आगामी दिनमा पनि गर्ने छौ । यसका लागि युवाहरुलाई परामर्शदातासँग कक्षा नै दिएर सचेतना दिने छौ ।

तपाईको प्रतिक्रिया