सम्पादकीयः ट्राफिक व्यवस्थापन

सार्वजनिक यातायात हरेक नागरिकका लागि महत्वपूर्ण साधन हो । सवारीसाधानकै कारण घण्टौँ लागाएर पार गर्नुपर्ने बाटो क्षणभरमै पार गर्न सम्भव भएको छ । आरामदायी यात्रा होस् वा सामान ढुवानीका लागि यातायातका साधनले सहज र सरल बनाइ दिएको छ । तर कहिलेकाँही यही यातायातका साधानले जीवनको अत्यष्टि गरिदिन्छ । मानविय त्रुर्टी र भौतिक संचरनाका कारण बेलाबेलामा यातायात दुर्घटना पर्दै आएका छन् । सवारी दुर्घटनाकै कारण कयौँ नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ । हजारौँ नागरिकहरु अङभङ भएर घाइते भएका छन् । पछिल्लो तीन वर्षको अवधिमा सुर्खेतमा एक सय २० दुर्घटनामा एकसय ५२ वटा सवारीसाधानहरु दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा ९६ जनाको मृत्यु भएको छ । त्यस्तै एकसय ३३ जना गम्भीर र दुईसय २९ जना सामान्य घाइते भएका छन् । बर्षेनी करिव एकसय नागरिकले अकालमै ज्यानु गमाउनुपरेको छ ।

तर सवारी दुर्घटना न्यूनिकरणका लागि भने आमनागरिक र सरोकारवाला निकायसचेत हुन सकेका छैनन् । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी अरोरात्र खटिएपनि स्वयम सवारी चालक नै ट्राफिक नियमको परिपालना गर्दैनन् । परिणामत एक वर्ष झण्डै नौँ हजारभन्दा सवारीसाधनहरु कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा आठ हजार आठसय ९१ वटा सवारी साधन कारबाहीमा परेका हुन् । ट्राफिक नियमको पालना नगर्ने सवारी साधनमध्ये ठूलाको तुलनामा साना सवारी साधान धेरै रहेका छन् । गत आर्थिक वर्षमा दुई हजार पाँचसय २६ वटा मोटरसाइकल, एक हजार दुईसय १९ वटा बस र एक हजार एकसय १० वटा ट्रक तथा टिप्पर, एक हजार एक सय ४० वटा जिप तथा कार, एक हजार ३२ वटा टेक्टर र टेम्पो तथा अन्य गरेर एक हजार आठसय ६४ वटा सवारी साधान कारबाहीमा परेको छन् । कारबाहीको संख्यालाई आधार मान्ने हो भने स्वयम गाडी चालक नै दुर्घटनाको मुख्य कारण मान्न सकिन्छ । उसो त सुर्खेतका भौतिक संरचनापनि ट्राफिक नियम विपरित निर्माण भएका छन् ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा आजसम्म सार्वजनिक पाकिङस्थल छैन । पार्किङस्थलको अभावकै कारण नो पार्किङ लेखिएको ठाउँमा पनि सवारीसाधान राख्नुपर्ने बाध्यता छ । होटल व्यवासयदेखि बैक तथा वित्तिय संस्थामा व्यवस्थित पाकिङस्थल छैनन् । सवारीको चाप दिनप्रतिदिन बृद्धि हुँदै जाँदा पनि पार्किङ स्थलमा हरिबिजोग छ । बजारभन्दा बाहिरी सडकको अवस्था पनि कम्त उस्तै छ । आवश्यकता विपरित ठाउँठाउँमा ब्रेकर राखिएका छन् । प्रदेश राजधानीमा बसपार्कको अवस्था पनि हरिबिजोग नै छ । साँघुरो पसपार्कमा १४ वटा यातायात व्यवसायीका दैनिक दुई हजार सवारीसाधन ठेलाठेल गरेर राख्नुपर्ने बाध्यता छ । अटोरिक्सा व्यवासायीहरुको मनपरी पनि छुट्टै छ । न त भाडादर लागु भएको नत अटो व्यवसायीको रुड नै छुट्याइएको छ । यि विविध कारण वीरेन्द्रनगर सवारी दुर्घटनाको उच्च जोखिममा छ । अहिले नै नियम विपरित बनाइएका भौतिक संचरना अटाउन सकिएन र वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापन सहज बनाउन सकिएन भने बर्षाैसम्म राजधानीवासीले अस्तव्यस्त परिस्थितिको सामान गर्नुपर्ने छ । तसर्थ प्रदेश राजधानीमा दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनाका लागि सरोकारवाला नियकाले ध्यान दिन जरुरी छ । राजधानीमा हुने जनघनत्व र सवारीसाधानको बढ्दो चापलाई ध्यान दिँदैन अहिले नै ठाउँठाउँमा जेब्राक्रसिङ र आकाशे पुलको विकल्प खोज । दीर्घकालिन रुपमा ट्राफिक व्यवस्थापनका लागि मंगलगढीचौक, वीरेन्द्रचौक र एरीचौक लगायतका क्षेत्रमा आकाशे पुलको आवश्यकतालाई महशुस गर । मुख्य राजमार्ग बाहेकका सडलाई वान–वय बनाऊ । आवश्यकताका आधारमा ट्राफिक जनशक्ति खटाऊ । वीरेन्द्रनगरका स्थानीयवासी, यातायात व्यवासयी, यातायात व्यवस्था विभाग, वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र प्रहरीले राजधानीको ट्राफिक ध्यान देऊ । ट्राफिक व्यवस्थापमा एकले एकले अर्कालाई दोष दिने प्रवृतिको अन्त्य गर । सबैसँग समन्वय गरेर वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनालाई सहज बनाऊ । तर बर्षेनी दुर्घटनाको खबर बन्ने र कानमा तेल हालेर सुत्ने प्रवृतिको अन्त्य गर ।

तपाईको प्रतिक्रिया