कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौं, २७ असार ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानरपालिका १० शखमुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर ४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टी भएको हो । साथै ४ सय ३१ जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

पहिरोले विद्यालयको भवन भत्कियो

कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

सुर्खेतका व्यापारीद्धारा चरणवद्ध आन्दोलनको घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *