रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ६ जना घाइते

प्रचण्ड खत्री ।

रुकुम पश्चिम, २ कात्तिक ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा आइतबार जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । नगरपालिकाको १२ नम्बर वडाको ठूलीबार्खुदेखि राडीबजार तर्फ गइरहेको ग १ ज ६०४७ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका ३ जनासहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि बहादुर ओलीले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक ओलीका अनुसार घाइते हुनेहरुमा आठविसकोट नगरपालिका(१२ का ३४ वर्षीय गंगे कामी, उनका ६ वर्षीय छोरा सर्जन र ३ वर्षीया छोरी लक्ष्मी रहेका छन । उनीहरुको एकै परिवारको भएको खुलेको छ । यसैगरी सोही वडाका १४ वर्षीय शैलेन्द्र नेपाली, १४ वर्षीय राजकुमार कामी र १२ वर्षीय मणिराम नेपाली घाइते भएका हुन् ।

अहिले घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये शैलेन्द्रको अवस्था गम्भीर रहेको जनाइएको छ । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया