बाफिकोट गाउँपालिकाद्धारा बजार अनुगमन

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, २८ असोज ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । दशैँ तिहारलाई मध्य नजर गर्दै बजार अनुगमन गरिएको हो ।


२७ गत्तेदेखि शुरु भएको बजार अनुगमन केही दिनमा सकिने बजार अनुगमन समितिका संयोजक तथा गाउपालिका उपाध्यक्ष मनकला पुनले जानकारी दिइन् । बाफिकोट गाउँपालिकाको व्यापारिक केन्द्र छिनखेत, कुनाखेत, जिपू गाउँ, मग्माको लदुवा, तलिगाउ, नेताबजारका ब्यापारीले लकडाउनको समस्या देखाउदै ग्राहकलाई प्रत्यक्ष रुपमा ठक्दै आएको गुनासो गाउँपालिकामा आएपछि गाउँपालिकाले अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले जानकारी दिए ।

बाफिकोट गाउँपालिका बासि दशैँ, तिहार जस्ता चाडपर्बमा नठगिउन भन्ने उदेश्यले अनुगमन शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए ।

बाफिकोट गाउँपालिका वडा नम्बर १ देखि १० नम्बर वडा सम्म १ हप्ता भित्र अनुगमन गरिने भएको छ । अहिले सम्म ३ सय ५० वटा पसल अनुगमन गरिएको छ । बिशेष गरी एग्रोभेट पस, मेडिकल पसल, गल्ला तथा किराना पसल, मासु पसल, डेरी पसल, मदिरा तथा होटलमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा १ हप्ता भित्र सबन्धित वडा कार्यालयमा गएर दर्ता तथा नबिकरण गर्ने, सामान राख्दा म्याद गुर्जेका छ कि छैनन हेरेर राख्ने, ७ दिन भित्र दर्ता नगरेमा सिल गर्ने सुझाब पनि दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । अनुगमन बाट ३ लाख बराबरको सामान बरामत गरि नस्ट गरिएको छ । अनुगमन टोलीमा बाफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी, उपाध्यक्ष मनकला पुन, प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ, लेखापाल केशब प्रसात ओली, वडा नम्बर ४ का वडा अध्यक्ष लीलाराम बिक, कार्यपालिका सदस्य सिता खड्का, कार्यपालिका सदस्य झरना शाही, कृषि सेवा केन्द्रका निमित्त कार्यालय प्रमुख बेदनारायण पुन , पशु सेवा केन्द्रका प्राबिधिक यान्जिला घर्ति मगर , स्वास्थ्य कार्यालयका अहेब सुनिल के सी, लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया