महिला, दलित तथा यौनिक अल्पसंख्यकलाई मुलप्रवाहीकरणमा ल्याउन जोड

सुर्खेत २१ असोज

महिला, दलित तथा यौनिक अल्पसंख्यकहरुका अधिकारलाई मुलप्रवाहीकरणमा ल्याउनुपर्नेमा जोड दिईएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मंगलबार भर्चुअल मार्फत गरेको महिला, दलित तथा यौनिक अल्पसंख्यकहरुको अधिकार विषयक कार्यशालामा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

सहभागीहरुले मुलुकको संविधान तथा ऐन कानुनहरुमा महिला, दलित तथा यौनिक अल्पसंख्यकहरुको अधिकार सुनिश्चित गरिएपनि कार्यान्वयन पक्ष फितलो भएकोले उनीहरु आफनो अधिकार उपभोग गर्नबाट बञ्चित हुनुपरेको उल्लेख गरेका थिए ।

महिला, दलित तथा यौनिक अल्पसंख्यकहरुको अधिकार प्रत्याभुति हुने गरी उनीहरुलाई मुल प्रवाहीकरणमा नल्याएसम्म समग्र मुलुकको विकासको परिकल्पना गर्न नसकिने सहभागीहरुको भनाई थियो ।

कार्यक्रमको समापन गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले पछाडि पारिएका वर्ग समुदायको अधिकार सुनिश्चितताका लागि नागरिक संघसंस्थाहरु प्रतिबद्ध भई लाग्नुपर्नेमा जोड दिए । इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत कृष्ण नेपालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक संघसंस्थाका प्रतिनिधी र मानव अधिकार रक्षकहरुको सहभागिता रहेको कार्यशालाको ब्लु डाईमण्ड सोसाईटी काठमाण्डौका अनुज पिटर राई महिला अधिकारकर्मी एवम वाम सुर्खेतकी कार्यकारी निर्देशक मधुरानी ढकालले सहजीकरण गरेको इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले बताए ।

तपाईको प्रतिक्रिया