एमयूको अनलाइन परीक्षा हुँदै (विद्यार्थीहरुले जान्नैपर्ने)

सुर्खेत, १५ असोज ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनको माध्यमबाट सेमेष्टरगत तथा बार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ र यसले सिर्जना गरेको विषम परिस्थितीमा बिभिन्न तहको सत्रान्त परीक्षा संचालन गर्नका लागिएको हो ।

‘वैकल्पिक विधिबाट परीक्षा संचालन, व्यवस्थापन र मूल्यांकन प्रणालीसम्बन्धी निर्देशिका–२०७७’ पारीत गरी प्रथम चरणमा वैकल्पिक विधिबाट लिने स्नातक तह सातौं सेमेस्टर र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको छ ।

प्रथम चरणको परीक्षा असोज १७ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने समय तालिका सार्वजनिक गरिएको छ । महामारीको यस अवस्थामा विद्यार्थीको वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्नका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले निर्देशिकामा विद्यार्थीको परीक्षा Time Bounded Take-home Written Examination सञ्चालन गर्ने नीति लिएको छ ।

यसरी वैकल्पिक विधिबाट संचालन हुने परीक्षामा सामेल हुँदा विद्यार्थीहरुले विभिन्न अत्यावश्यक कुराहरु जान्नुपर्ने हुन्छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक एवं आई. टि. विज्ञ पन्चदेव भट्टले यसै बिषयवस्तुमा आधारित रहेर भिडियो सामग्री सार्वजनिक गर्नुभएको छ ।

उक्त भिडियोमा विद्यार्थीहरुले अनलाईन परिक्षा कसरी दिने, प्राविधिक तयारी के–के गर्ने, प्रश्नपत्र कस्तो आउछ, उत्तरपुस्तिकाको कभरपेज कसरी प्राप्त गर्ने, उत्तरपुस्तिका कसरी पठाउने जस्ता विभिन्न महत्वपूर्ण कुराहरु प्रष्ट पारिएको छ ।                              हेर्नुहोस् उक्त भिडियो :–

तपाईको प्रतिक्रिया