फेरि घट्यो सुनको मूल्य

काठमाडौं, ११ असोज ।

नेपाली बजारमा सुनको मूल्य आइतवार घटेको छ । लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आइतवार पनि सामान्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रवारको तुलनामा सुनको मूल्य तोलामा ६०० ले घटेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३०० र तेजाबी सुनको मूल्य ९२ हजार ८०० मा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढ्दा आइतवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आइतवार प्रतितोला १ हजार १५० मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया