मदिरा जन्य पदार्थ नष्ट

दुर्गा विसी ।

सल्यान, ७ असोज ।

सल्यान पश्चिममा दिनुह झैझगडा बढ्न थाले पछि मदिरा सेवन गर्ने र बिक्री वितरणमा कडाइ हुन थालेको छ । दिउँसो मदिरा सेवन गरी सडकमै पल्टने, समाज तथा घरपरिवारमा झैझगडा हुने गरेको उजुरी धेरै आउने गरेको भन्दै ईलाका प्रहरी कार्यालय सल्लिबजारले मदिरा सेवन गर्ने र विक्रिवितरणमा कडाइ सुरु गरेको हो ।

स्थानीय बजार गाउँघरमै पुगि मदिरा जन्य पदार्थ नष्ट गर्न थालेको छ । जिल्लामा मदिरा विक्रि वितरणमा कडाइ गर्ने जिल्ला प्रहरी प्रमुख गोविन्द थापाले बताए । मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ १ सय ५० लिटर र घरेलुु मदिरा पनि सोहि परिणाम बरामद गरी नष्ट गरिएको छ । साथै सो कार्यमा प्रयोग हुने भाडाकुडा समेत नष्ट गरिएको छ ।

तपाईको प्रतिक्रिया