स्थानीय तहले सडक निर्माण गर्दै

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, २ असोज ।

रुकुमपश्चिमका सबै स्थानीय तहले बर्षायाममा भत्केका सडक निर्माण कार्य सुरु भएका छन् । ६ वटै स्थानीय तहले आफ्नो स्काभेटर मार्फत मर्मत गर्न लागेका सबन्धित गाउपालिकाले जनाएका छन । गत असार महिनामा बिग्रेका सडक पुन तीन महिना पछि सञ्चालन आउन लागेको मुसिकोट नगरपालिका १३ का स्थानीय तुलबीर बिष्टले बताए ।

सडक मर्मत हुन नसक्दा स्थानीयहरुलाई हिडेरै सदरमुकाम आउने बाध्यता थियो तर अहिले सडक मर्मतको काम भैरहेकोले आधा बाटै बाट भएपनि गाडी चढेर सदरमुकाम पुग्ने गरेको चौरजहारीका स्थानीय हरिमाया बोहराले बताइन् । कुनै स्थानीय तहले सडक मर्मत गर्दै छन भने कुनैले गर्ने प्रकृयामा रहेको बताएको छ । ६ वटा स्थानीय तह मध्ये बाफिकोट गाउँपालिकाले वडा नम्बर ८ दुली, वडा नम्बर ६ को मग्मा र वडा नम्बर ४ को छिनखेतबाट काम सुरु गरिएको छ । ७ दिन भित्र सबै वडाको वडा कार्यालय सम्म सडक मर्मत गरिने गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले बताए । सडक मर्मत हुन नसक्दा साना तथा ठुला गाडीहरु मुस्किलले चल्ने गरेका थिए । गाउँपालिकामा १० वटा वडा रहेका छन । १० वटा वडा मध्धे अहिले सम्म ४ वडाको सडक मर्मत गरिएको छ । बाफिकोट गाउँपालिकाकै पहलमा मुसिकोट नगरपालिकाको वडा नम्बर ३ माच्मी देखि वडा नम्बर १ को फलामे गौडा सम्म सडक मर्मत गरिएको छ ।

सानीभेरी गाउँपालिकामा ११ वडा रहेका छन । ११ वडा मध्धे अहिले सम्म २ वटा वडाको सडक मर्मत गरिएको छ । अहिले सम्म १० र ११ वडाका मात्र सडक मर्मत भैसकेको र कार्यपालिका बैठक बसेर कति वडालाई सडक मर्मतको लागि खर्च गर्ने भन्ने बिषयमा छलफल गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको २ लाख आर्थिक सहयोग र १० र ११ नम्बर वडाको सहजिकरणमा बाटो मर्मत गरिएको गाउँपालिका अध्यक्ष नर बहादुर पुनले बताए । बाँकी १० वटा वडा भने बिस्तारै मर्मत गर्ने बताए । त्यस गाउँपालिकालाई मध्य पहाडी लोकमार्गले पनि छुएको हुनाले काम सहज तरिकाले मर्मत गर्ने बताए ।

त्यस्तै चौरजहारी नगरपालिकामा पनि ठेक्का मार्फत भत्किएका सडक निर्माणको काम भैरहेको छ । उक्त नगरपालिकामा १४ वडा रहेका छन । एच्पी कन्ट्रक्सनले मार्फत नगरपालिकाले काम गरिरहेको छ । सडक मर्मत १० गत्ते सम्म संचालन ल्याउने गरि काम भैरहेको छ । उक्त नगरपालिकामा नगर बस भएकाले त्यसैलाई मध्यनगर गर्दै काम सुरु गरिएको नगरप्रमुख विशाल शर्माले बताए । २ गत्ते देखि काम शुरु गरि १० गत्ते सम्म सम्पन्न गर्ने ठेकेदारको योजना रहेको पोषण सहजकर्ता ज्ञानु गौतमले बताए ।

आठबिसकोट नगरपालिकाले भने अहिले सम्म सडक मर्मत गरेको छैन । कार्यपालिका बैठक बसेर छलफल गरि मर्मत गरिने आठबिसकोट नगरापालिकाले जनाएको छ । अहिले सम्म उक्त नगरापालिकाले १ प्रतिशत पनि सडक मर्मत नगरेको स्थानीय पत्रकार सत्य बटलाले जानकारी दिए । मुसिकोट नगरपालिकाले तत्काल रुपमा नगरपालिकाको सल्ले देखि भुर्सुलीसम्मको सडक मर्मतमा ध्यान दिन जरुरी देखिन्छ । उक्त वडामा १४ वडा रहेका छन ।

अबको केहि दिनमा सबै वडाको सडक मर्मत गरिने नगरपालिकाले बताए । उता त्रिबेणी गाउपालिकाले भने सडक मर्मतमा चासो बढाएपनि काम हुन सकेको छैनन । साना साना सडकलाई मर्मत नगरी मुख्य सडकलाई प्राथामिकताका साथ काम गरिने गाउँपालिका अध्यक्ष झक्कु प्रसात घर्तीले बताए । केही सडक भने राप्ति लोकमार्गले छुहेको छ । बिशेष गरी लोकमार्गले छुहेका वडालाई पहिलो प्राथिमता साथ मर्मत गरिने अध्यक्ष घर्तीले बताए ।

तपाईको प्रतिक्रिया