नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्यो

रुकुमपश्चिम, ३० भदौ ।

प्रचण्ड खत्री ।

रुकुमपश्चिममा नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्नेको लहर बढेको छ । नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य तथा जिल्ला अध्यक्ष गोपाल शर्माको वडा सबै कम्युनिष्ट आस्था विचारका स्थानीयहरु नेकपा छोडेर कांग्रेसमा प्रवेश गर्नेको लहर बढेको हो । आस्था बिचार मिलेन भन्दै नेकपा छोडेको बाफिकोट गाउपालिका वडा नम्बर ४ खोलिबडगाउका ५० वर्षीय डिल बहादुर केसीले बताए । जब नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो त्यहि देखि मैले पार्टीको सदस्य लिएर टोलमा काम गरेको थिए तर, अहिले विचार नमिलेर पार्टी परित्याक गर्नु परेको उनले बताए ।

रुकुमपश्चिममा ६ वटा स्थानीय रहेका छन् भने १ प्रतिनिधि सभा क्षेत्र , २ प्रदेश सभा क्षेत्र रहेको ठाउँमा धेरै जसो वडामा कम्युनिष्ट पार्टीको विजय भएको थियो । बाफिकोट गाउपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमिटि सदस्य धर्म बहादुर केसीको टोलबाट केही दिन अगाडी ११ जना नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेको पुर्ब पार्टी सचिब हर्कसिहं खत्रीले जानकारी दिए । उनका अनुसार केही दिन अगाडी मात्र प्रदेश सभा सदस्य तथा नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्मा अनलको नगरपालिकाबाट १० जना प्रवेश गरेका थिए । कांग्रेसको महाधिवेशन नजिकिएसंगै पार्टी प्रवेश, साधारण सदस्य वितरण र नविकरण गर्ने काम भैरहेको नेपाली कांग्रेस रुकुमपश्चिमले जनाएको छ ।

रुकुमका पुराना कम्युनिष्ट आम्दोलनका नेता नर बहादुर खड्का, जिल्ला समन्वय समिति रुकुम पशिमका सदस्य तथा नेकपाका जिल्ला सदस्य, मिन बहादुर बोहरा केहि दिन अगाडी कांग्रेसमा प्रवेश गरेका थिए । बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसी र प्रदेश सभा सदस्य गोपाल शर्मा अनलको गड मानिएको ठाउँमा कांग्रेसमा प्रवेश गरेपछि नेकपाका कार्यकर्ता चिन्तित बनेका छन ।

तपाईको प्रतिक्रिया