दुइ बर्षसम्म शहिद गेट निर्माण हुन सकेन

प्रचण्ड खत्री
रुकुम पश्चिम, १३ भदौं ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ४ छिनखेतमा रहेको शहिद गेट २ बर्षसम्म निर्माण हुन सकेको छैन । २०७५ साल चैत्र १७ गतेदेखि निर्माण सुरु गरिएको थियो । २ बर्षभित्र निर्माण गरिसक्ने योजना भएता पनि अहिलेसम्म ६० प्रतिशत मात्र काम भएको काम जिम्मा लिएको शहिद परिबार समाज तथा बाँफिकोट गाउँपालिकाका उपाध्यक्ष टीकाराम खत्रीले जानकारी दिए ।

१० बर्षे जनयुद्दमा राज्य र सरकारको तर्फबाट मरेका व्यक्तिहरुको सम्झनामा उक्त गेट निर्माण गर्न लागिएको थियो । छिनखेतको अस्थायी प्रहरी पोस्ट नजिकै निर्माण गर्न लागेको शहिद गेटको काम किन अन्यौलमा परेको हो भन्ने प्रश्न पनि उठ्न थालेको स्थानीय लोक बहादुर बुढाथोकीले बताए ।

त्रिकोणात्मकको आकारमा निर्माण कार्य थालिएको थियो । पहिलो बर्षमा चार लाखको ६० प्रतिशत काम गरेता पनि दोश्रो बर्षमा निर्माण गरी सक्ने भएता पनि आर्थिक अभाबका कारण निर्माण हुन नसकेको बाँफिकोट गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लिलाराम बिकले जानकारी दिएका छन् ।

बाँफिकोट गाउँपालिका भित्रका ८५ जना शहिदको नाम झल्किने गरी स्तम्भ राखिने बताएको थियो । शहिद नामाकरण गरी निर्माण थालिएता पनि त्यसको फल पाउन नसकिएको स्थानीयले आरोप लगाएका छन् । शहिद गेट निर्माण भएपनि शहिद परिबारका आफन्त खुशी देखिने शहिद परिबारका एक सदस्य देब बहादुर खड्काले बताए ।

उता बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले भने विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड–१९ का कारण अधुरो काम पुरा हुन नसकेको बताए । यहि आर्थिक बर्षमा गेटको सबै काम सक्ने गरी शहिद परिबार समाज र बाँफिकोट गाउँपालिका लागिरहेको बताए । यहि बर्षमा काम भई शहिदका काम राखिने बताउनुभयो ।

बाँफिकोट गाउँपालिकामा यस अघि कुनै ठाउँमा शहिद गेट निर्माण गरेका छैनन । शहिद गेट रुकुम पश्चिमका सबै स्थानीय तहले निर्माण गरिसकेका छन् । कुनै स्थानीय तहले सिमा नाकामा राखेका छन भने कुनैले पालिकाको भबन भएको ठाउँमा राखेका छन् । शहिद गेटले शहिदको झल्को आउने बताएको छ ।

तपाईको प्रतिक्रिया