प्रधानमन्त्री ओली

मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाण्डौं, १७ असार । पार्टी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली परामर्शमा जुटेका छन् ।

उनले विहान ७ बजेदेखि मन्त्रीहरुसँग बालुवाटारमा छलफल गर्दै छन् । हिजो पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन असफल भएको भन्दै हिजो बैठकमा शीर्षसहित अरु धेरै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।

केही दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताएका थिए । मंगवालको बैठकमा कोरोना भाइरसविरुद्ध सरकारले गरेका काम र सीमा अतिक्रमणको विषयमा बोल्ने कार्यसूची रहे पनि त्यो विषयमा छलफल हुन सकेन । स्थायी कमिटी बैठक आज (बुधवार) पनि बस्दैछ ।

(उज्यालो अनलाइनबाट साभार)

तपाईको प्रतिक्रिया