स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै कक्षा ११ को परिक्षा सुरु

दुर्गा विसि ।
सल्यान, २२ कात्तिक ।
सल्यान पश्चिममा माध्यमिक तहअन्तरगत कक्षा ११ को परीक्षा सुरु भएको छ। परीक्षामा सहभागी विद्यार्थीहरुको तापक्रम ९ज्वरो० मापन, सेनीटाइजर र माक्स अनिवार्य गरिएको देखिएको छ । शुक्रबारबाट सुरु भएको परीक्षामा सहभागी विद्यार्थीहरुको लागि यहाँका विद्यार्थीले आफै माक्सको व्यवस्थापन गरेका छन् ।

माध्यामिकतह अन्तर्गत गत वैशाखमा रोकिएको कक्षा ११ को परीक्षा शुक्रबारबाट सुरु भएपछि कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन मास्क र दुरि कायम गरि परिक्षा सञ्चालन गरिएको छ । नगरपालिका ३ मध्य मावि च्युराका प्रध्यानध्यापक गुमान सिं विष्टले परीक्षामा सहभागी विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारीहरुले माक्स,सावुन पानिले हातधोएर हल प्रवेश र स्यानीटाइजर प्रयोग गरि स्वास्थ्य सुरक्षा अपनाइएको जनाए ।
विद्यालयमा सहभागी सम्पूर्ण विद्यार्थीमा सामाजिक र भौतिक दुरी कायम गराएर पहिलो दिनको परिक्षा सुरु गरेका हौं,ु उनले भने । विद्यालयले एउटा बेन्चमा २ जना मात्र विद्यार्थीलाई राखेको छ । ुपरीक्षामा सहभागी विद्यार्थीमध्ये ज्वरो भएका विद्यार्थीहरुलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षार्थीलाई खाने पानी र शौचालयको समेत उचित तरीकाले व्यवस्थापन गरेका छौं, उनले थपे ।
त्यसै गरि प्रभाकर मावि देवस्थलका विद्यार्थीको पनि स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा सञ्चालन गरिएको सह्यक प्रधानाध्यापक पुष्कर विसिले जनाए । उक्त विद्यालयमा सहभागि सम्पूर्ण विद्यार्थीहरुले पनि मास्क लगाए परिक्षा हलमा प्रवेश मात्रै गर्ने गराएको छ । स्वास्थ्यमा समस्या भएका विद्यार्थीहरुको लागि स्वास्थ्य सुरक्षा अपनाएर परिक्षा दिने व्यवस्था गरेका छौं । सबै पीक्षार्थीलाई माक्स र सेनीटाइजर विद्यालयले नै व्यवस्था गरेको विसिको भनाइ छ ।
विद्यालयहरुले समेत स्वास्थ्य सुरक्षा, सामाजिक तथा भौतिक दुरी कामय गराएर कक्षा ११ को पहिलो दिनको परिक्षा सम्पन्न गराएको नगर शिक्षा अधिकारी चक्र रावतले जनाए ।
बनगाड कुपिण्डे नगरपालिकामा २ मावि विद्यालयहले शुक्रबारबाट संचालन भएको कक्षा ११ को परीक्षामा सहभागी विद्यार्थीहरुको स्वास्थ्य सतर्कता भने वढि अपनाएको छ ।अर्को मुक्ति माविले भने कक्षा ११ को परिक्षा मंसिरमा सञ्चालन गर्ने जनाएको छ ।त्यसै गरि सिम्ता गाउँपालिमा भने विहिबार देखि कक्षा ११ को परिक्षा सञ्चालन गरिएको छ ।


