सुर्खेतका व्यापारीद्धारा चरणवद्ध आन्दोलनको घोषणा

सुर्खेत, २७ असार ।

कोरोनाको महामारीका कारण सरकारले जारी गरेको लकडाउनले व्यापार, व्यवसायमा ठुलो धक्का पुगेको व्यवसायीहरुले बताएका छन् । उद्योग वाणिज्य संघ सुर्खेतले शनिवार पत्रकार सम्मेलनमा सरकारले व्यापारीका पीडालाई सुनी समस्या समाधान गर्न सुर्खेतका व्यापारीहरुले चरणवद्धरुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यापार व्यवसाय ठप्प भएको बेला बैंकहरुले किस्ता तिर्न फोन गरिरहँदा आफुहरुलाई मानसिक तनाव हुने गरेको गुनासो गरे । उनले व्यवसायीहरुलाई पुरानो किस्ता तिर्न पनि कम्तीमा पनि ५÷६ महिनाको समय दिनुपर्ने माग गरे । कोरोना भाइरसका कारण अहिले नेपालका निजी क्षेत्रहरु घाटामा गएको अवस्थामा पनि भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रममा आफुहरुका लागि कुनै पनि ठोस योजना सरकारले नल्याएको बताउँदै आन्दोलनमा उत्रिन बाध्य भएको संयुक्त संघर्ष समितिका संयोजक गणेशकुमार बस्नेतले बताए ।

व्यापरीहरुले बैंकबाट लिएको ऋणको किस्ता तिर्न बारम्बार ताकेता गरी फोन आइरहेकोले व्यवसाउ क्षेत्र नै धरापमा परेको उद्योग वाणिज्य महासंघका महासचिव लक्ष्मण कँडेले बताए । उनका अनुसार दैनिक २० देखि ३० पटकसम्म बैंकबाट फोन आउने गरेको छ । व्यवसायीहरुलाई परेको समस्याबारे राज्यले ठोस योजना ल्याई समस्या समाधानका लागि प्रभावकारी कार्यक्रम ल्याउन सुर्खेत उद्योग बाणिज्य संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा सुर्खेत स्थित सम्पुर्ण निजी क्षेत्रको प्रतिनिधित्व गरी संयुक्त संघर्ष समिति गठन गरेको छ ।

समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । जस अनुसार आज आइतवार दिउँसो मंगलगढीमा विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाइ एक घन्टा धर्ना दिइनेछ । त्यसपछि मात्र थप अर्को चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समितिले जनाएको छ ।
८० प्रतिशत प्रत्यक्ष निजी क्षेत्रबाट फाइदा लिने सरकारले राहतका प्याकेज दिनुपर्नेमा उल्टै निचोरेको आरोप लगाउँदै व्यवसायीहरुको माग सम्बोधन गर्न समितिले आग्रह गरेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघद्धारा जारी प्रेस विज्ञप्ति

तपाईको प्रतिक्रिया