पहिरोले विद्यालयको भवन भत्कियो

प्रचण्ड खत्री ।

रुकुम पश्चिम, २७ असार ।

रुकुमपश्चिमका ६ स्थानीय तहमा बाढी पहिरो जानेक्रम अझै रोकिएको छैन । आठबिसकोट नगरपालिकामा बिहिबार राति देखि परेको अविरल वर्षा पछि आएको पहिरोमा आमाछोराको मृत्यु भएको थियो ।

बाढी पहिरोले स्थानीय नागरिक समस्या परेका छन् । पहिरो खस्ने क्रम नरोकिएपछि झ जोखिम बढेको छ । रुकुम पशिमको बाफिकोट गाउपालिका वडा नम्बर १० मा रहेको बालाजागारण आधारभूत विद्यालयको ४ कोठे भबन नियमित मनसुनका कारण विद्यालयको भवन भत्किएको छ । विद्यालयको भवन भत्किएको वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर जैसीले जानकारी दिए ।

४ कोठे भवन असार २५ गत्ते आएको वर्षाका कारण भत्किएको बिद्यालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया