जीवनमा हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गरिरहेका छन् । तर सबैको कामको प्रकार भने एउटै छैन । कसैले सडकमा गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । त कसैले व्यापार, व्यवसाय, नोकरीदेखि राजनीतिसम्म । यहाँ सबैलाई बाँच्नका लागि कुनै न कुनै काम गर्नुनै पर्ने बाध्यता छ । कोही समाजसेवा र प्रतिष्ठाका लागि काम गर्छन् । त कोही धेरै सम्पती आर्जन गरेर विलासी जीवन बिताउन । तर सबैले जीवन संघर्ष भने गरिरहेकै छन् । व्यवसायबाट समाज परिवर्तनको सपना देखेका उद्योग बाणिज्य महासंघका केन्द्रिय कोषाध्यक्ष निरक केसीले युगआह्वनको जम्काभेगसँग आफ्नो संघर्षको अनुभव सुनाए । बाबाको संघर्षबाट सिकेको प्रेरणाले व्यवसायमा अब्बल बनेका उनको अनुभव सारांश प्रस्तुतः
बाल्यकाल
मेरो जन्म २०१७ साल बैशाखमा भएको हो । म वीरेन्द्रनगरको बयलकाँडामा जन्मिएको हुँ । म मध्ययमवर्गीय परिवारमा सजिलै हुर्किएँ । जीवनमा खान, लाउनको कुनै अभाव भोग्नुपरेको महशुस भएन । म कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढेँ । २०२४ सालमा मेरो परिवार अहिलेको वीरेन्द्रनगर बजारमा बसाइँ सरेको हो । म कक्षा ६ देखि एसएलसीसम्म जनमाविमा पढेँ । एसएलसीपछि आर्मी स्कूलमा पढेँ । त्रिचन्द्र क्याम्पसबाट बीए पास गरेको छु । मेरो बाल्यकाल खुसी र रमाइलोमै बित्यो ।
बाल्यकालमा साथीहरुसँग खुब खेलिन्थ्यो । हामी सानो छदाँ अहिलेको वीरेन्द्रनगर मुख्य बजार क्षेत्र पुरै घनाजंगलले ढाकीएको थियो । त्यो बेला जंगलमा साथीहरुसँग खेल्दै रमाएको याद ताजा लाग्छ । विस्तारै सहरीकरण हुँदै गएपछि जंगल फाडीदै गयो । जताततै घरहरु बन्न थाले । पछि यातायात सेवाको विकाससँगै व्यापार व्यवसाय पनि चल्न थाले । त्यो बेलाको जंगलले भरिएको वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अहिले सुर्खेत र कर्णाली प्रदेश राजधानीको रुपमा विकास भएको छ ।
प्रेरणा
खेतीपातीसँगै हाम्रो परम्परागत व्यवसाय नै व्यापार हो । मेरो बुवाले पहिलेदेखि व्यापार गर्नुहुन्थ्यो । त्यो बेला सुर्खेतमा खाद्यन्न व्यापार हुँदैन थियो । तर बुवाले खेतीपाती गर्दै खाद्यन्न व्यापार गरेर व्यवसायिक जीवन चलाउँदै आउनु भएको थियो । अहिलेको जस्तो व्यापार गर्न सजिलो थिएन । त्यो बेला पहाडबाट दाल तथा अन्नबाली खरिद गरेर तराईमा बेच्न जानुपर्ने बाध्यता थियो । पहाड तिरका सबैले खेती गरेर जीविकोपार्जन गथ्र्ये । तर नुन, तेल, मसला तथा लत्ताकपडाको व्यापारका लागि सामान खरिद गर्न बर्दियाको राजापुर जानुपर्ने बाध्यता थियो । आउजाउ गर्न यातायात सेवा थिएन ।
यहाँ गाउँमा धेरै खाद्यन्न उत्पादन हुने र बिक्रि नहुने समस्या थियो । बुवाले यहाँको खाद्यन्न घोडा, खच्चड तथा बोकेरै ढुवानी गरी राजापुर पु¥र्याएर बेच्नुहुन्थ्यो । त्यहाँबाट नुन, तेल, चिनि, लत्ताकपडा तथा अन्य सामान किनेर ल्याउनुहुन्थ्यो । सोही सामान घरका लागि वर्षभरी खान पुग्थ्यो । भने बाँकी बेच्थ्यौं । र फेरी यसरी नै व्यापारको प्रक्रिया जारी रहन्थ्यो । मलाई त्यही बेलादेखि व्यापार व्यवसायमा रुची बढेको हो । बाबाको व्यापारीक संघर्षले मलाई यस पेशामा लाग्न प्रेरणा मिल्यो । म त्यतीबेलादेखि नयाँ तरीकाले व्यापार गर्न चाहान्थ्येँ । नयाँ तरीकाले व्यापार गर्नुपर्छ भन्ने भावनाको विकास हँुदै गयो । अनी म विस्तारै व्यापारमा जम्दै गएँ ।
व्यवसायिक यात्रा
मैले व्यवासायिक यात्राको क्रममा धेरै प्रकारका व्यापार गरेको छु । आफु पनि व्यापारबाट जीविकोपार्जन गर्ने र अरुलाई पनि व्यवयायमा लाग्न सिकाउने मेरो सोच थियो । सोही अनुसार विस्तारै यातायात सुविधा विस्तार भयो । र व्यापार व्यवसाय गर्न पनि सजिलो भयो । अहिलेको जमानामा व्यवसायप्रति रुची र लगाब हुने हो भने काम गर्न समस्या छैन । आफु पनि खाली बस्न हुँदैन, र नयाँ नयाँ व्यवसाय गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले सुर्खेतमा सुरुमै खाद्य र हार्डवेयर डिलर खोलेँ ।
सनी भिलेज रिसोर्ट खोलेर सुर्खेतमा होलट व्यवसायको सुरुवात पनि मैले गरेको हुँ । फिल्म हलको सुरुवात गर्नेदेखि शिक्षा र खेलकुद क्षेत्रमा पनि मेरो लगानी छ । आफु स्थापीत हुन र धेरैलाइ रोजगारी दिन उद्योगमा जानुपर्छ भन्ने सोच आयो । र सोही अनुसार अहिले अघि बढेको छु । २०४५ मा उद्योग बाणिज्य संघको जिल्ला अध्यक्षबाट सुरु भएको मेरो संगठनमा आवद्धताको यात्रामा अहिले केन्द्रिय कोषाध्यक्षमा पुगेको छ । काठ्माण्डौ र जिल्लाको व्यापार व्यवसायलाई सजिलै जोड्न मैले हवाई र यातायात सेवाको विकासका लागि पनि मुख्य भुमिका खेलेको छु । २०५१ मा भाडाको हेलिकप्टर लिएर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्लामा सामान ढुवानी तथा उद्दारको काममा लागेँ ।
हेलिकप्टर सेवापछि एअरपोर्ट विस्तार गरी सुर्खेतबाट कर्णालीका विभिन्न जिल्लामा कार्गो उडानका लागि मैले पहल नै गरेको हुँ । त्यो सम्भव पनि भयो र आम नागरिकले सेवा पाए । तर सेवा गर्न र समाज परिवर्तनका लागि आफ्नो जिम्मेवारी पुरा गर्न कुनै पदमा बस्नैपर्छ भन्ने मलाई लाग्दैन । मेरो पहलमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना गर्न पनि सफल भएँ ।
जोखिम मोल्नुमै आनन्द
मैले व्यवासयको सिलशिलामा धेरै काम गरिसकेको छु । सबै प्रकारका व्यवसायबाट समाज परिवर्तनको सन्देश दिएको छु । नयाँ–नयाँ व्यवसाय गर्नुपर्छ भन्ने मेरो मान्यता कहिल्यै हटेन । व्यवसायमा जोखिम नमोली सफल पनि भइदैन । मलाई समाज परिवर्तनका लागि सकारात्मक जोखिम मोल्नमै आनन्द आउँछ ।
अबको यात्रा भनेको नमुना कृषि परियोजनाको कल्पना गरेको छु । कृषि व्यवसायमा पनि जोखिम मोल्छु लाग्छ, अवश्य सफल हुन्छु । त्यसैले फलाटे जाने बाटो नजिक कृषि फर्म बाबाको संघर्षले व्यवसायमा पे्ररणा मिल्यो जीवनमा हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गरिरहेका छन् । तर सबैको कामको प्रकार भने एउटै छैन । कसैले सडकमा गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । त कसैले व्यापार, व्यवसाय, नोकरीदेखि राजनीतिसम्म । यहाँ सबैलाई बाँच्नका लागि कुनै न कुनै काम गर्नुनै पर्ने बाध्यता छ ।
कोही समाजसेवा र प्रतिष्ठाका लागि काम गर्छन् । त कोही धेरै सम्पती आर्जन गरेर विलासी जीवन बिताउन । तर सबैले जीवन संघर्ष भने गरिरहेकै छन् । व्यवसायबाट समाज परिवर्तनको सपना देखेका उद्योग बाणिज्य महासंघका केन्द्रिय कोषाध्यक्ष निरक केसीले युगआह्वनको जम्काभेगसँग आफ्नो संघर्षको अनुभव सुनाए ।
बाबाको संघर्षबाट सिकेको प्रेरणाले व्यवसायमा अब्बल बनेका उनको अनुभव सारांश प्रस्तुत ः निरक केसी, केन्द्रिय कोषाध्यक्ष, उद्योग बाणिज्य महासंघ खोलेको छु । त्यहाँ कुखुरा पालन भइरहेको छ । बाख्रा पालन सुरु हुँदैछ । अन्य कृषि उत्पादन, खरिद र बिक्रिका लागि आवश्यक विकल्पसँगै अघि बढिरहेको छु । कृषि पेशा । त्यसैमा अर्गानिक उत्पादन सजिलो छैन । तर धैर्यताका साथ चुनौती सामना गर्छु । उपभोक्तालाइ नियमित अर्गानिक तरकारी, फलफुल, मासु र दुध उपभोग गर्न पाउने गरी काम गर्ने योजना बनाएको छु ।
बजारको चिन्ता छैन
कर्णालीमा जे उत्पादन गरे पनि हुन्छ यहाँ बजारको अभाव छैन । पहिले खाद्यन्नमा आत्मनिर्भर कर्णाली अहिले दिनहुँ करोडौंको खाद्यन्न आयात गरिरहेको छ । यहाँ माग अनुसार कुनै पनि वस्तु उत्पादन हुन सकेको छैन । बजार माग भन्दा निकै कम उत्पादन हुँदा व्यापारीलाई पनि कृषकका बारीबाट सामान खरिद गरी बजार पु¥र्याउन समस्या भएको हो । हामीले बाहिरको आयातीत तरकारी, फलफुल र माछा, मासु रोक्नसक्ने गरी उत्पादन गरेमा बजारको चिन्ता छैन । तर गाउँको उत्पादन सहरमा पु¥र्याउने प्रक्रिया स्थानीय तथा प्रदेश सरकारले बनाउनु्पर्छ । कर्णालीमा हजारौं संघसंस्थाले कृषिमै काम गरेर अर्बाै डलर सकाएका छन् ।
तर खासै उपलब्धी देखिएको छैन । यहाँ कृषि अनुदानमा पनि काम गर्नेलाई नदिने काम नगर्नेलाई कागजी प्रक्रिया पुरा गरी रकम दिने चलन छ । काम गर्नेलाई प्रदेश सरकारले पनि लगानी गर्न सक्नुपर्छ । काम गर्नेलाई अनुदान दिएमा प्रोत्साहन हुन्छ । कृषि मन्त्रालयले दिन लागेको अनुदान रोकिएकाले छानवीन गरी आवश्यक कृषकलाई बाड्नुपर्छ । सबै वर्गमा केही नराम्रा हुन्छन् । तर राम्रोलाइ सम्मान र नराम्रो व्यक्तिलाई सजाय पनि दिनुपर्छ । पैंसा त जसले पनि कमाउँछ । तर राम्रो काम गरेर कमाउनु पर्यो ।
बजारमा एउटा पक्षधर व्यापारीहरु पनि छन् । जो सँधै हजारले पैंसा कमाउन सामान तथा खाद्यको गुणस्तर हेर्दैनन् । उनीहरुको पक्षमा महासंघ पनि हुदैन । नैतिकवान भएर व्यवसाय गर्न व्यक्तिको आचरण पनि सुध्रिनुपर्छ । कुनै राजनीतिको नाममा काम गर्ने कृषकलाई अनुदानबाट बहिष्कार गरिनु हुँदैन ।
लगानी गरे प्रतिफल अवश्य
मलाई खुला राजनीति मन पर्दैन । राजनीतिमा झुट बोल्ने । तेरो मेरो छुट्याउने । र साथी साथी झगडा गर्ने फोहोरी खेल देखेको छु । त्यसैले मलाई खुला राजनीतिमा आउन मन छैन । तर आफुले जहाँ लगानी ग¥र्यो त्यहाँ मात्रै प्रतिफल पाइन्छ भन्ने विश्वास छ । त्यसैले कोरोना माहामारीका कारण लाखौं युवा गाउँ फर्किएका छन् । उनीहरुले गाउँमा रोजगारी पाउने अवस्था छैन । यही मौकामा प्रदेश सरकारले युवाहरुलाइ कृषि पेशामा आकर्षित बनाउन सक्नुपर्छ । त्यसका लागि प्रदेश तथा स्थानीय सरकारले लगानी पनि गर्नसक्नुपर्छ । विदेशमा भन्दा घरमै बसेर युवालाइ जीविकोपार्जन गर्ने बाटो खुलाउ ।
यस बिषयमा प्रदेश सरकारले आवश्यक सल्लाह लिन खोजेमा हामी बाटो देखाउन तयार छौं । हामीसँग लामो अनुभव र विज्ञ व्यक्तिहरु हुनुहुन्छ । सबै जिल्लामा हाम्रो सञ्जाल छ । हामी आवश्यक सहयोग गर्न तयार छौं । प्रदेश सरकारले पैंसा खर्च गर्न सकेको छैन । जती पैंसा खर्च भयो । त्यती पैंसा आउने हो । भएको पैंसा खर्च गर्न नसके थप पैंसा कतैबाट आउँदैन । नारा र भाषणमा मात्रै स्वरोजगार भनेर हँुदैन । त्यसका लागि आवश्यक लगानी गरी युवालाइ स्वरोजगारी बन्ने बाटो खुला बनाउनुपर्छ । हामी कृषि उत्पादन तथा पशुपालनबाटै आतमनिर्भर हुनसक्छौ । रोजगारी खोज्दै विदेश भौतारीनु पर्दैन ।
युग संवाददाता । । २६ असार २०७७, शुक्रबार ०८:४६