ताजा खबर
  

लकडाउनले चौंरी स्रोत केन्द्रको बजेट फ्रिज

हुम्ला, १६ असार ।

पालनको बढी सम्भावाना भएको हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि स्थापना हुन पर्ने चौरी श्रोत केन्द्र स्थापना नहुने भएपछि बजेट फ्रिज हुने भएको छ । बन्दाबन्दीले चौरी खरिद गरेर ल्याउन नसकिने अवस्था देखिएपछि सो शीर्षकको बजेट फ्रिज जाने भएपछि श्रोत केन्द्र स्थापना नहुने भएको हो ।

एकसय वटा चौरी सहितको श्रोत केन्द्र स्थापना गर्ने कार्यक्रम भएपनि बन्दाबन्दीले गर्दा बजेट फ्रिज जाने भएपछि स्थापना गर्न नसकिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख ज्ञोनेन्द्र बहादुर बुढथापाले बताए ।


श्रोत केन्द्रका लागि क्षेत्र छनौट, प्रस्ताबना माग गरि सर्ट लिस्टबाट तीन वटा प्रास्तावना समेत छनौट भएको बेला कोरोना बहरले बन्दाबन्दी सुरु हुदा चौरी खरिद गरी ल्याउनु पर्ने चीनमा जान नसकिने हुदा बजेट फिर्ता गर्नु परेको हो ।

यसका लागि एक करोड बजेट बिनियोजित गरिएको र त्यसबाट एक सय चौरी र श्रोत केन्द्र भवन निर्माण गर्नु पर्ने थियो । तर निक्कै राम्रो कार्यक्रम बन्दाबन्दीले गर्दा गर्न नसकिएको उनले बताए ।

हुम्लामा पाईने चौरी खरिद गरेर श्रोत केन्द्र स्थापना गर्नका लागि पहल गरिएको भएपनि मन्त्रालयले नमानेको हो । उत्तरी हुम्लाका लागि निक्कै उपयोगी कार्यक्रम सञ्चालन हुन नसकेर बजेट फिर्ता जाने भएपछि किसानहरु निरास भएका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार