आइसुलेसन तयार गरी कोरोना संक्रमितको उपचार सुरु

दुर्गा विसी
सल्यान, ९ असार ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा एक सय वेडको आइसोलेसन कक्ष बनाइएको छ । प्रभाकर माविमा आइसुलेसन कक्ष तयारीका लागि नेपाली सेनालाई जिम्मेवारी दिएको थियोे । सल्लिबजार व्यारेकमा रहेको नेपाली सेनाले उक्त काम सम्पन्न गरेको जनाएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले कोरोना संक्रमितको उपचारका लागि अब बनगाड कुपिण्डेले आफ्ना नागरिक बाहिर पठाउनुपर्ने अवस्था हटेको जानकारी दिए ।

आइसोलेसन कक्ष नहुदा १ सय ३० संक्रमितको उपचार सुर्खेत, रुकुम र सल्यान खलंगामा उपचार भैरहेको थियो । रुकुम पश्चिम चौहरजारीबाट ९, सुर्खेत उपचारका लागि पठाएका १३ र सल्यान उपचारका लागि पठाएका ३५ जना गरी ५७ जना कोरोनालाई जित्तै घर फर्किसकेका छन् । बाँकी ७३ जनाको उपचार भैरहेको छ ।

चार जना संक्रमितको भने अब आफ्नै नगरमा तयार भएको कोरोना उपचार केन्द्र आइसोलेसन वार्डमै उपचार सुरु गरिएको स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले बताए । आइसुलेसन वार्ड निर्माणकार्यको लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ नगरपालिकालाई सहयोग गरेको थियो । नगरमा एक सय वेडको आइसोलेसन संघन कक्ष तयारी गरेको प्रमुख प्रसासकिय अधिकृत मोहन खड्काले बताए । हामी अब यहि अवस्था रहे कोराना संक्रमित उपचारका लागि बाहिर पठाउनुपर्ने समस्या हल भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया