व्यवसायीका समस्या अध्ययन गर्न समिति

सुर्खेत, ३ बैशाख ।
सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खड्काको संयोजकत्वमा विशेष समिति गठन गरेको छ । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको असर र क्षतिको अवस्था मुल्यांकन गर्न विशेष समिति गठन गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको संयोजकत्वमा गठन भएको समितिले उद्योग वाणिज्य क्षेत्रमा परेको प्रभाव बारे अध्ययन, अनुसन्धान, उद्योग, व्यवसायीहरुसंग राय, सल्लाह संकलन गरी संघको कार्यसमितिमा राय सुझाव दिनेछ ।

समितिले ७ दिनभित्र सुर्खेतको व्यापार तथा उद्योग क्षेत्रमा परेको प्रभाव, क्षतिबारे शुक्ष्म रुपमा अध्ययन गर्नेछ । उद्योगा वाणिज्य संघका साथै राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघका विभिन्न बस्तुगत समितिका संयुक्त भेलाले विशेष समिति गठन गर्न गरेको हो । भेला सुर्खेत उद्योग संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा भएको हो । भेलामा निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, कांग्रेसका मोतिप्रसाद कँडेल, नेकपाका मोहन बडुवाललगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया