कालीकोटमा चट्याङले एकको मृत्यु, ६ जना घाइते

कालीकोट, २० बैशाख ।
कालीकोटको सान्नि त्रिर्बेणी गाउँपालिका वडा नं. ८ मुम्रामा शुक्रबार राति चट्याङ लागेर एकै घरका ६ जना परिवार घाइते भएका छन् भने परिवारका एकजना सदस्यको मृत्यु भएको छ । असिना पानीसंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

चट्याङ लागेर ५ बर्षका रेखा दमाइको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइते हुनेमा बर्ष २३ का धिरेन्द्र धमाइ, बर्ष ९ का आयुष दमाइ, बर्षका ५ का निखील दमाइ, बर्ष १६ का छत्र दमाइ, वर्ष २१ गिता दजी र २१ वर्ष का हजुरा दमाइ घाइते भएका छन् ।

घाइते सबैको सामुदायीक अस्पताल रास्कोटमा उपचार भएको छ । घाइतेको उपचारपछि घर फर्केका छन भने मृत्यु भएका रेखा दजीको सब पोष्टमाटमका लागि जिल्ला अस्पताल मान्म पु¥याइएको छ । घरमुली ब्यासी दमाइ भने सकुसल रहेको जनाइएको छ । घरमा चट्याङ खसेर भएको आगोलागिले घर जलेल क्षति भएको छ ।

गाउँपालिकाले आगलागीबाट बिस्थापित उनीहरुको ब्वस्थापन गर्न पाल, कम्मल, भाँडाकुडा दाल, चामल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीले जानकारी दिए । उनका अनुसार हिउँदको सिजनमा घर बनाएर सकेपछी बिहिवार नै बिधिपुर्वक दर्जीको परिवार घर प्रबेस गरेको थियो । घरमा प्रबेस गरेकै दिनमा यस्तो घटना घटेपछी गाउँपालिकाले उनको घरमा टिन राख्न सहयोग गर्ने भएको छ । घटना पछि लगतै घटना स्थल पुगेका गाउँपालिका अध्यक्षले पिडित परिवारलाई राहात हस्तान्त्रण गरेका थिए ।

तपाईको प्रतिक्रिया