स्थानीय तहमा अवस्था अनुगमन गरिँदै

तुलराज पाण्डे
कालिकोट, १६ बैशाख ।
कालिकोट जिल्ला मानव अधिकार अनुगमन समितिको बैठक कोरोना भाईरस (कोभिड–१९) का सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगद्धारा जिल्लामा गठित मानवअधिकार अवस्था अनुगमन समितिको प्रथम बैठक जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । समितिका जिल्ला संयोजक वीरेन्द्र बुढाको अध्यक्षतामा बसेको बैठकले लकडाउनको अवस्थामा जिल्लाभरीको मानवअधिकार अनुगमन गर्ने निर्णय गरेको जिल्ला समिति सदस्य कालीवहादुर मल्लले जानकारी गराउनुभएको छ ।

बैठकले जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका लगायत स्थानीय तह, जिल्ला समेतको मानवअधिकार अवस्था अनुगमनका लागि सदस्य तुलाराम पाण्डे, संगीता ओली र काली बहादुर मल्ललाई खटाउने निर्णय गरेको छ । त्यस्तै बैठकबाट रास्कोट नगरपालिका नरहरिनाथ गाउँपालिका, शान्नित्रिवेणि गाउँपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिका लगायतका स्थानीय तहको अवस्था अनुगमन गर्न संयोजक विरेन्द्र वुढा र सदस्य दमनराज बमको टोली खटाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया