दैलेखका ११३ र जाजरकोटका २०३ को र्यापिड टेस्ट नेगेटिभ

सुर्खेत, ५ बैशाख ।
कोरोनाको संक्रमण बढ्दै गएपछि विदेशबाट घर फर्कनेहरूको क्रम बढ्दो छ । दैलेखमा भारत र अन्य मुलुकबाट आउनेहरूको संख्या १५ सयभन्दा बढी पुगिसकेको छ । दैलेखका ११३ जना र जाजरकोटका २०३ जनाको रयापिड टेष्ट नेगेटिभ देखिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र जिल्ला स्थित अस्पतालले गरेको ¥यापिड टेष्टमा नेगेटिभ देखिएको हो ।

दैलेखमा भारतबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम भने ज्यादै न्यून मात्रामा छ । भारतबाट आएका १५ सयमध्ये अहिलेसम्म दुई सय ८४ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो । त्यसमध्ये दुई सय ६२ जना १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्केका छन् । गाउँमै बसेका अन्य व्यक्तिहरूको पहिचान पालिकास्तरमा राखिएको छ । अहिले पालिकाको तत्थ्यांकमा आधारमा सरकारले थालेर्को यापिड टेस्ट अभियानमा शंंकास्पद व्यक्तिहरूको चेकजाँच तीव्र पारिएको छ ।

Blood sample with coronavirus positive

 

दैलेखको निकै दुर्गम मानिएको आठबिसकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८४ जनार्को यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेख र विभिन्न पालिकाहरूमा एक सय १३ जनामा टेस्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दैलेखका खोप प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए ।

दैलेखका विभिन्न सातवटा पालिकाहरूबाट ८८ वटा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको भए पनि ४६ वटाको रिपोर्ट नेगेटिभ आएको र ५१ जनाको रिपोर्ट आउन बाँकी नै छ । लकडाउन उल्लंघन गरेर सवारी चलाएका विभिन्न नौवटा सवारीसाधनलाई जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय दैलेखले कारबाही गरेको छ । नियम उल्लंघन गरेर आफन्त चढाएर अछाम जान लागेको थाहा पाएपछि दैलेखका कर्णाली प्रदेश सभा सदस्य हिमबहादुर शाहीको गाडीलाई नौ हजार एक सय जरिवाना तोकेर छोडिएको छ ।

लकडाउनका वेलासमेत दिनहुँ नेपालगन्जदेखि सुर्खेत र सुर्खेतदेखि दैलेख पैदल यात्रा गरेर दैलेखका गाउँहरूमा मानिस भित्रिने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले विभिन्न नाकामै रोकेर सम्बन्धित पालिकाहरूलाई विवरणको जानकारी गराउँदै क्वारेन्टाइनमा बसाल्न आग्रह गरेको प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

जाजरकोटका २०३ जनाको रिपोर्ट नेगेटिभ
जाजरकोटको विभिन्न स्थानीय तहमा गरिएको रयापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणबाट दुई सय तीनजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा गरिएको परीक्षणबाट दुई सय तीनजनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार बारेकोट गाउँपालिकामा ५५, भेरी नगरपालिकामा ८४, छेडागाड नगरपालिकामा तीन र जुनिचाँदे गाउँपालिकामा ६१ जनाको परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको हो ।
भारत, खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकालाई उनीहरूकै घरमा गएर द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको पन्तले बताए । अन्य परीक्षणका लागि प्रदेशबाट किट मागेको र आउनेबित्तिकै जाजरकोटमा करिब पाँच सय स्थानीयको नमुना जाँच हुने पन्तले बताए ।
कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले ¥यापिड टेस्ट किडमार्फत कोरोनाको संक्रमण भए–नभएको पत्ता लगाउन खोज सुरु गरेको छ । रर्यापिड टेस्टमा कोरोना पोजिटिभ देखिए थप परीक्षणका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरिनेछ । परीक्षणका लागि प्रदेश सरकारले तीन सय रयापिड टेस्ट किड पठाएको छ । सात स्थानीय तह रहेको जाजरकोटमा प्रतिपालिका बढीमा ६० किट लिएर स्वास्थ्यकर्मीको टोली शंकास्पद खोज्दै गाउँ पुगेका छन् ।
लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाको होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गरिएको उनले बताए । परीक्षणको काम सबै स्थानीय तहका क्वारेन्टाइन र होम क्वारेन्टाइनमै भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी किट थोरै भएकाले थप परीक्षणका लागि माग गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए ।

तपाईको प्रतिक्रिया